कर्पोरेट

इसेवाको विशेष अफर, बीमाशुल्क भुक्तानी गर्दा दुईसय रूपैयाँ क्यासब्याक पाइने

इकागज |
असार १४, २०७९ मगलवार १४:९ बजे

काठमाडौँ - अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसमा नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले मंगलबार विशेष अफर सार्वजनिक गरेको छ । यस अफर अन्तरगत मंगलबार (अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवस) का दिनमा दिउसो १२ बजेदेखि २ बजेसम्म इसेवामार्फत जीवनबीमाको बीमाशुल्क भुक्तानी गर्दा  २०० रूपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।

यसैगरी जीवन बीमा कम्पनीमा गइ सोही दिन क्यूआर मार्फत भुक्तानी गर्दा पनि सोही क्यास ब्याक पाउन सकिनेछ । यसैगरी यसरी इसेवामार्फत भुक्तानी गर्दा इसेवाले हाल सञ्चालन गरिरहेको लखपति योजनामा समेत सहभागी हुन सकिनेछ ।


इसेवाले बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले बीमितहरूका लागि लखपति योजना सञ्चालन गरिरहेको छ । भदौ ५ गतेसम्म सञ्चालन हुने यस योजनामा इसेवाबाट कुनैपनि जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्ने व्यक्तिहरुमध्येबाट बम्पर उपहारमा  एक जनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्नेछन् ।

यस्तै उपहार बिजेता बीमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि रु २०÷२० हजार नगद उपहार प्राप्त गर्नेछन् । यसैगरि योजना सञ्चालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेहरु मध्येबाट हरेक दिन एक जनाले गोलाप्रथा मार्फत एक हजार रुपैयाँ प्राप्त गर्ने छन् । यो योजना नेपालमा सञ्चालिन सबै बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागु हुनेछ । इसेवाले पछिल्ला दिनमा इन्स्योरेन्स्को प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि विभिन्न अफर तथा योजना सार्बजनिक गर्दै आएको छ ।  

इसेवाले हाल एन्ड्रोइड मोबाइलमा ५२ लाख र आइओस् मोबाइलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरूमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ । 
इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।


Author

थप समाचार
x