कर्पोरेट

बैशाखबाट अरुण भ्यालीले हकप्रद जारी गर्ने, १ सेयर बराबर ०.५ सेयर

इकागज |
चैत २२, २०७७ आइतबार ११:१४ बजे

काठमाडौं : अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ड कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । आउँदो बैशाख ६ गतेबाट कम्पनीले बिक्री खुल्‍ला गर्नेछ ।

चैत ८ गतेसम्‍म सेयरधनी कायम भएकाले मात्रै हकप्रद सेयर पाउने उल्लेख छ । ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद प्रति सेयर एक सय रुपैयाँका दरले बिक्री गर्न लागेको कम्पनीले जानकारी दिएको छ । एक सेयर बराबर ० दशमलव ५ सेयरको अनुपातमा हकप्रद निष्काशन गरिएको हो ।



Author

थप समाचार
x