कर्पोरेट

सिभिल बैंकको ९९औं एटिएम पोखराको लेकसाइडमा

इकागज |
असार १९, २०७९ आइतबार १३:५ बजे

काठमाडौँ - समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले पोखराको लेकसाइड नयाँ एटिएम सञ्‍चालनमा ल्याएको छ । उक्त एटिएमको उद्‍घाटन बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले गरेका छन् ।

उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन समारोहमा बैंकका सञ्‍चालक समितिका सदस्यहरु अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ बिजनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ्ग भोलाबहादुर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी लगायतको उपस्थिति रहेको थियो ।  


हालसम्म  रु. ९२ अर्व भन्दा वढी निक्षेप परिचालन गरी करीव रु. ८८ अर्व कर्जा लगानी गरिसकेको सिभिल बैंकको यस एटिएमसहित एटिएम संख्या ९९ पुगेको छ । 


Author

थप समाचार
x