कर्पोरेट

'आइएमई पे' र 'स्मार्ट क्यू आर' बीच साझेदारी

इकागज |
असार २०, २०७९ सोमबार १९:३७ बजे

काठमाडौंँ-  आइएमई ग्रुपद्वारा सञ्चालित 'आइएमई डिजिटल सोलुसन लिमिटेड' द्वारा प्रवर्धित आइएमई पे र एससिटीद्वारा सञ्चालित स्मार्ट क्यूआरबीच साझेदारी सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुरुप बिगमार्ट सुपर मार्केटको सम्पूर्ण आउटलेटमा विशेष रूपमा आइएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५% छुट ( ३ सय रूपैयाँ सम्म) पाउन सक्नेछन्।

डिजिटलाइज्ड नेपालतर्फसँगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आइएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेका हुन् । कम्पनीहरूले यो योजनाले प्रयोगकर्ताहरूको व्यापक दायरालाई डिजिटल भुक्तानी विधिहरूतर्फ लाग्न प्रोत्साहित गर्ने विश्वास राखेको छ । साझेदारी अवधिभर निश्चित नियम र सर्तहरू अन्तर्गत प्रत्येक प्रयोगकर्ताले १५% छुट (अधिकतम रू. ३०० सम्म) प्राप्त गर्न सक्ने र सोही अवधिभर प्रत्येक लेनदेन मा प्रयोगकर्ताले जम्मा रकम २५ सयसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । 



Author

थप समाचार
x