इस्लिङटन कलेजको दीक्षान्त समारोह सम्पन्न
काठमाडौंँ - कमलपोखरी स्थित इस्लिङटन कलेजले आफ्नो दीक्षान्त समारोह सम्पन्न गरेको छ। कलेजको सन् २०२० र २०२१ मा पास भएका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न गरेको हो । समारोहमा सन् २०२० मा स्नातक तहका ५ सय २ जना विद्यार्थी सहभागी भएका छन् । दीक्षान्त समारोहमा सन् २०२० मा स्नातकोत्तर तह विषयका १९ जना विद्यार्थी दिक्षित भएका छन् । त्यसैगरी सन् २०२१ मा स्नातक तह अन्तर्गत अध्ययन पुरा गरेका ७ सय ३२ जना विद्यार्थी समेत दिक्षित भएका छन् ।
त्यसैगरी सन् २०२१ शैक्षिक सत्रमा स्नातकोत्तर तह अन्तर्गत एमएससी इन्फरमेशन टेक्नोलोजी तह पुरा गरेका ४६ जना विद्यार्थी दीक्षान्त समारोहमा सहभागी थिए । कोभिड संक्रमणको कारण विगत दुई वर्ष दीक्षान्त समारोह रोकिएको थियो । यो वर्षमा सन् २०२० र २०२१ को दीक्षान्त समारोह एकैसाथ आयोजना गरिएको कलेजले जनाएको छ ।
कोभिड संक्रमणको कारण सन् २०२० र २०२१ मा दीक्षान्त समारोह स्थगित भएको थियो । कलेजले आगामी दिनमा सबै कार्यक्रमलाई नियमितता दिने जनाएको छ।
समारोहमा सन् २०२० बिजनेस डिग्री बीए (हन्स) विषयमा स्नातक तह गर्ने ७४ र सन् २०२१ मा बिजनेस एडमिनिस्ट्रेशन एण्ड एमबीए तह पुरा गर्ने १ सय १९ विद्यार्थी दिक्षित भएका छन् ।
कलेजले सोमबार र मंगलबार दुई दिनसम्म दीक्षान्त समारोह आयोजना गरेको थियो । समारोहमा विद्यार्थीका अभिभावकहरुको उल्लासमय उपस्थिति रहेको थियो ।
बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज आइएनजी ग्रुपद्वारा सञ्चालित छ । दीक्षान्त समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनशीपका डा. विन्डी बोल्इसीले विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा बोल्दै उनले विश्वभर सम्बन्धन प्राप्त कलेजमध्ये इस्लिङटन कलेज उत्कृष्ट भएको बताए । उनले भने, 'यो महत्वपुर्ण अवसरमा सबै विद्यार्थीको सुखद भविष्यको शुभकामना दिन चाहन्छु ।'
दीक्षान्त समारोहमा बोल्दै कलेजका आइएनजी ग्रुपका अध्यक्ष एवं कार्यकारी निर्देशक शुलभ बुढाथोकीले लन्डन विश्वविद्यालयाको हाई र्याङकिङमा परेको यस कलेजमा उत्तिर्ण विद्यार्थीले नेपाल र विश्वका विभिन्न मुलुकमा उत्कृष्ठ स्थान हासिल गर्न सफल भएको बताए ।
उनले दिक्षित विद्यार्थीहरुको उज्जवल भविष्यको शुभकामना दिएका थिए ।
दुई वर्षपछि दीक्षान्त समारोहमा सहभागि हुन पाउन विद्यार्थीहरु खुसी देखिएका थिए । लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयले सम्बन्धन दिएका कलेज मध्ये नेपालको पहिलो यस कलेजले बिआइटी, बिबिए, कार्यक्रम अन्तर्गत आइटी कम्प्युटिङ,नेटवर्किङ र आइटी सेक्युरिटी र मल्टिमिडिया टेक्नोलोजी विषयमा अध्यापन गराउँदै आएको छ । त्यस्तै बिजनेस अन्तर्गत इन्टरनेशनल बिजनेस, मार्केटिङ एण्ड फाइनान्स विषय सञ्चालन गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया