कर्पोरेट

सनराइज बैंकले गर्‍यो विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

इकागज |
असार ३०, २०७९ बिहीबार १२:३९ बजे

काठमाडौँ- सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको लम्कीमा रहेकोे २ सय ७ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले एक कार्यक्रमकाबीच लम्की चुहा नगरपालिका ५ चौरीमा रहेको जन जागृति माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न, गरीब तथा जेहेन्दार २ सय ७ विद्यार्थी बालबालिकालाई उनीहरुको पठनपाठनमा सहयोग पुगोस् भनेर शैक्षिक झोला सहयोग गरेको बैंकको लम्की शाखाका प्रमुख मातृका खड्काले जानकारी दिएका छन् ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेश बडुवालको अध्यक्षता तथा लम्की चुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाहीको उपस्थितिमा सहयोग सामग्री वितरण गरेको थियो । उक्त कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष माया विष्ट समेत सहभागिता थियो । लम्कीमा बैंकको शाखा स्थापना भएसँगै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समुदायमा विभिन्न कार्यक्रम गदै आएको छ ।


पछिल्लो समय संस्थागत सामाजिक उत्तरदायित्वलाई निकै प्राथमिकता दिदैं सनराइज बैंकले देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, बैंकिङ्ग साक्षरता, वातावरण संरक्षण लगायतका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रमहरु भइरहेको बैंकले जनाएको छ ।  


Author

थप समाचार
x