सीजीका उपकरण सजिलै घरबाहिरबाट समेत कन्ट्रोल गर्न सकिने
काठमाडौँ- सीजीले आफ्नो ‘सीजी मेरिडिया सिग्नेचर सिरिज’ अन्तर्गत इन्टरनेटको माध्यमबाट चलाउन सकिने विविध प्रिमियम विद्युतीय उपकरणहरू बजारमा ल्याएको छ । यी उपकरणहरू इन्टरनेटसँग जोडेपछि जहाँबाट पनि चलाउन सकिने कम्पनीको दाबी छ।
आफ्ना सुरुवाती दिनहरूदेखि नै परिष्कृत र उन्नत प्रविधिको उत्पादनहरू नेपाली बजारलाई उपलब्ध गराएर लोकप्रियता बटुल्दै आइरहेको सीजीले यस पटक आइओट (इन्टरनेट अफ थिङ्ग्स) सुविधासहितको प्रिमियम मल्टी डोर तथा साइड बाइ साइड रेफ्रिजेरेटरमा र ए.सी. बजारमा ल्याएको हो ।
यी आइओटी प्रोडक्टहरुलाई केवल एउटा सीजी स्मार्ट होम एपको मार्फत सजिलै चलाउन सकिनेछ । जसमा यी प्रोडक्टहरु एक अर्कासँग इको स्टिमको तरिकाले जोडिएका हुन्छन् । आइओटी सुविधाको साथ अब ग्राहकले आफ्नो घर र कोठा घरबाहिर भएको बेला पनि चाहिएको अनुसार तापक्रममा कोठालाई न्यानो वा शीतल बनाउन सक्ने र कन्ट्रोल गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । कम्पनीले रेफ्रिजेरेटरमा १० बर्षको वारेन्टी मोटरमा र ए.सी.मा ५ बर्षको वारेन्टी कम्प्रेसरमा पनि दिएको जनाएको छ ।
यी उपकरणहरूको साथ ग्राहकहरूको जीवन अब अझ सुविधायुक्त, सहज, स्मार्ट र प्रभावकारी हुने कम्पनीले जनाएको छ । यसका अतिरिक्त, आइओटी सुविधायुक्त ‘सीजी मेरिडिया सिग्नेचर सिरिज’का अन्य उपकरणहरू पनि चाँडै नै बजारमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया