कर्पोरेट

भिभो वाई २० को मूल्य घट्यो, अब २०,९९९ रुपैयाँमा

इकागज |
असार ३१, २०७९ शुक्रबार १६:५४ बजे

काठमाडौं– भिभोले आफ्नो प्राविधिक र नवीन उत्पादनहरूमार्फत प्रयोगकर्ताहरूको जीवनशैलीलाई अभिवृद्धि गर्न निरन्तर विकास गर्दै आइरहेको छ । भिभोले आफ्ना उत्पादनहरू सबैका लागि पहुँचयोग्य बनाउँन ग्राहकहरूलाई समय–समयमा विभिन्न अफरहरू र चाडपर्व सेल्सहरु प्रदान गर्छ ।

यसले गर्दा प्रयोगकर्ताहरुबाट भिभोले धेरै माया र समर्थन पाइरहेको छ । यसका साथै, ब्रान्डले आफ्ना उत्पादनहरूमा ग्राहकहरूको आवश्यकता अनुरूप समय–समयमा मूल्य परिमार्जन गर्दछ ।


ग्राहकको आवश्यकता पूरा गर्दै भिभोले हालै आफ्नो वाई सिरिजको स्मार्टफोन, वाई २० सिरिजको ४ जीबी प्लस ६४ जीबी भेरियन्टमा एक हजार आठ सय रुपैयाँले मूल्य घटाएको छ । यो स्मार्टफोनको नयाँ मूल्य रु २०,९९९ रहेको कम्पनीले जनाएको छ । 

वाई २० मा १३ एमपी रियर क्यामेरा, २ एमपी बोकेह क्यामेरा र २ एमपी म्याक्रो क्यामेरा भएको एआई ट्रिपल म्याक्रो क्यामेरा सेटअप रहेको छ । अपग्रेड गरिएको बोकेह टेक्नोलोजीसँग सुसज्जित, २ एमपी बोकेह क्यामेराबाट प्रयोगकर्ताहरूले स्टुडियो गुणस्तरको तस्वीरहरु खिच्न सक्छन् । 

वाई २० मा फेस ब्यूटी, पोट्र्रेट लाइट इफेक्ट, पीडिए टेक्नोलोजी र फिल्टरहरू लगायत धेरै क्यामेरा विशेषताहरु पनि छन् ।  वाई २० मा ५००० एमएएच सुपर क्षमताको ब्याट्री र १० वाट फास्ट चार्ज प्रविधि छ । एआई पावर बचत टेक्नोलोजीको साथ, एकपटक चार्ज गरेपछि २० घण्टासम्म फिल्म हेर्न वा १० घण्टासम्म गेम खेल्न सकिन्छ ।

चारजीबी र्‍याम र ६४ जीबी रोम भएको यो स्मार्टफोन गेमिङ र फोटोग्राफीमा रुचि राख्नेहरूका लागि उपयुक्त विकल्प हुन सक्छ । यसमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर पनि छ जसले प्रयोगकर्ताहरूलाई छिटो स्मार्टफोन अनलक गर्न अनुमति दिन्छ ।


Author

थप समाचार
x