कर्पोरेट

अब एनटीसी सिमबाट फाेन गर्दा, डाटा चलाउँदा सस्ताे पर्ने

इकागज |
साउन १, २०७९ आइतबार ११:१४ बजे

काठमाडौ- नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाको महशुलमा आज आइतबारदेखि  नयाँ दर लागू हुने भएको छ । नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई आजदेखि लागू हुनेगरी १० प्रतिशतमा झारेर नयाँ दर लागू गरिएको हो ।

टेलिकम कार्यालयका अनुसार हाल उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दर अन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महशुलमा समेत यसअघि लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्नेछ। 


यसैगरी साउन १ देखि समर अफरअन्तर्गत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइएको सहप्रवक्ता रञ्जित लोहियाले जानकारी दिएका छन् ।

 


Author

थप समाचार
x