कर्पोरेट

'एनसीसी प्रफुल्ल मुद्दती खाता योजना' मा  निक्षेप रकमको १० गुणासम्म रकम

इकागज |
साउन ६, २०७९ शुक्रबार १५:५१ बजे

काठमाडौँ - नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा तथा ग्राहकहरू माझ विभिन्न प्रकारका सेवा सुविधाहरू प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त एनसीसी बैंकले 'एनसीसी प्रफुल्ल मुद्दती खाता' सञ्चालनमा ल्याएको छ ।

यस मुद्दती योजनामा निक्षेपकर्ताले  निक्षेप रकमको १० गुणासम्म रकम पाउने बैंकले जनाएको छ ।  सीमित अवधिसम्म लागु हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिन देखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दोब्बर देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।  एनसीसी प्रफुल्ल मुद्दती खाता योजनाको विभिन्न विशेषताहरू निम्नानुसार तालिकामा देखाइएको छ :


योजना

व्यक्तिगत

संस्थागत

२ गुणा  (२x)

६ वर्ष ४ महिना २५ दिन

७ वर्ष १ महिना १२ दिन

३ गुणा  (३x)

१० वर्ष १ महिना २८ दिन

११ वर्ष ५ महिना २० दिन

५ गुणा  (५x)

१५ वर्ष ११ दिन

१७ वर्ष २२ दिन

१० गुणा (१०x)

२१ वर्ष ६ महिना २८ दिन

२४ वर्ष ११ महिना २ दिन

 
साथै पहिलो वर्षको लागि ५ लाख रूपैयाँसम्मको दुर्घटना बीमा र २ लाख रूपैयाँसम्मको घातक रोग बीमा सुविधा समेत उपलब्ध छ । देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्सटेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरी ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको छ ।


Author

थप समाचार
x