कर्पोरेट

क्लासिक टेकले  नेपालभरी थप ३०० फाइवर  प्राविधिक कर्मचारी नियुक्त गर्दै

इकागज |
साउन ९, २०७९ सोमबार १५:४४ बजे

काठमाडौँ- इन्टरनेट सेवा प्रदायक कम्पनी  क्लासिक टेकले देशै भरि  थप ३ सय नयाँ  प्राविधिक कर्मचारी  नियुक्त गरेको छ । वर्षा मौसममा धेरै फाइवर सम्बन्धि समस्या आउने र कर्मचारी पानीको कारणले विधुत पोलमा चडेर काम गर्न नमिल्ने भएकोले  बढ्दो ग्राहकलाई सुविधा दिन  ईटिआर (इस्टमेटेड टाइम अफ रेस्पोन्स) भित्र  काम  गर्न कम्पनी ले यो धेरै संख्यामा कर्मचारी नियुक्त गरेको हो ।

अब क्लासिक टेकको  १०३ आउटलेटसँगै रहेका आफ्ना प्रयोगकर्ताहरुको लागी सपोर्टको  पहुँच बढाएको छ । जसले गर्दा छिटो प्राविधिक  सहायता दिन  मद्दत पुर्याउने छ भने मर्मतमा लाग्ने समय पनि घटेर छिटो छरितो रुपमा सेवा प्रदान गर्न थप मद्दत पुग्ने कम्पनी को भनाइ रहेको छ ।


यसका साथै क्लासिक टेकले आफ्नो आइपीटिभी  पनि अपडेट भर्सनमा ल्याएको छ । १०० भन्दा बढी एचडी  च्यानेल र १००  एसडी  च्यानलहरुमा पनि नयाँ फिचर ल्याएको छ । जसले गर्दा टिभी  हेर्दाको  एक्पिरेन्सलाई अझै राम्रो बनाउने छ । 
 


Author

थप समाचार
x