कर्पोरेट

स्याकार ट्रेडिङको आधिकारिक वितरक नियुक्त

इकागज |
साउन १०, २०७९ मंगलबार १३:३५ बजे

काठमाडौँ- स्याकार ट्रेडिङ कम्पनी प्रालिलाई टाटा ग्रीन ब्याट्रिजको टू व्हीलर्स ब्याट्रिजको होण्डा मोटरसाइकल तथा स्कुटर, होन्डा पावर प्रोडक्टस् र होन्डा मोटरर्सको निम्ति आधिकारिक वितरकको रुपमा नियुक्ति गरेको छ । नेपालको लागि, टाटा ग्रीन ब्याट्रिजको टू व्हीलर्स ब्याट्रिजको एचएमएसआई (होण्डा मोटरसाइकल तथा स्कुटर), एचएसपिपी (होन्डा पावर प्रोडक्टस्) र होन्डा मोटरर्स(अटोमोटिभ) का निम्ति, स्याकार ट्रेडिङ कम्पनी प्रा.ली. लाई आधिकारिक ओइएम वितरकको रुपमा नियुक्ती गरिएको छ । 

टाटा ग्रीन ब्याट्रिज, टाटा अटो कम्पनी जीवाई ब्याट्रिज प्रालिले उत्पादन गर्छ जो भारतको प्रमुख अटोमोटिभ र टूडब्लू ब्याट्री उत्पादक मध्ये एकमा पर्छ । सो अवसरमा टाटा ग्रीन ब्याट्रिजका सीईओ रवि गुप्ताले नेपालमा एक प्रचलित नाम स्याकार ट्रेडिङ कम्पनीसँग संलग्न भइ आफ्नो सफलताको गाथा नेपालमा पनि दोहोर्‍याउन चाहेको बताए ।​ स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योतिले पनि टाटा ग्रुप कम्पनीसँग हात मिलाउनु आफ्नो कम्पनीको इतिहासमा एउटा नयाँ चरण प्रवेश गरेको जिकिर गरे ।


टाटा ग्रीन ब्याट्रिज, टाटा अटोकम्पनी जिवाइ ब्याट्रिज प्रा.ली. ले उत्पादन गर्छ जुन भारतको प्रमुख अटोमोटिभ र २डब्यलु  ब्याट्रि उत्पादक मध्ये एकमा पर्छ । 
सोही अवसरमा, सिइओ – टाटा ग्रीन ब्याट्रिज रवि गुप्ता भने,“टाटा ग्रीन ब्याट्री, टु व्हीलर्स ब्याट्रिजका भारतमा रहेका ठूला बिक्रेताहरु मध्ये एकमा पर्छ, जसले प्रमुख ओइएमएस मा आपूर्ति गर्दछ जस्तै होण्डा मोटरसाईकल र स्कुटर इन्डिया (एचएमएसआई), टिभिएस, जाभा, सुजुकी र पिआजिओ । नेपालमा एक प्रचलित नाम, एसटिसी, सँग संलग्न भई, हामी हाम्रो सफलताको गाथा नेपालमा पनि दोहोर्‍याउन चाहन्छौँ र यो विश्वास पनि राख्दछौँ कि यो सम्बन्धले नेपालमा टाटा ब्याट्रिजको उन्नतिलाई बढाउन अझै सहायता दिने छ ।"


Author

थप समाचार
x