कर्पोरेट

यामाहा नेपालले ल्यायो यामाहा फाइनान्स अफर

इकागज |
साउन ११, २०७९ बुधबार १३:३७ बजे

काठमाडौँ- नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता, यामाहा नेपालले बहु-सुविधासहितको नयाँ ईएमआई बजारमा ल्याएको छ । देशमा व्याप्त आर्थिक मन्दीको असरलाई ध्यानमा राखी, सेवाग्राहीहरूलाई सहुलियतपूर्ण ईएमआईमा यामाहाको कुनै पनि बाइकरस्कुटर उपलब्ध गराउने उद्देश्यका साथ गत शुक्रबारबाट यस फाइनान्सिङ योजना सञ्चालनमा ल्याइएको हो । 

कम्पनीका अनुसार, उक्त योजनाअन्तर्गत यामाहाको कुनै पनि बाइकरस्कुटर लिन चाहने सेवाग्राहीहरूले अब मात्र ४० प्रतिशत अग्रिम भुक्तानी गरी १८ महिने, २४ महिना र ३० महिनासम्मको अधिक फाइनान्सिङ सुविधाहरुको लाभ लिन सक्नेछन् । 


 


Author

थप समाचार
x