कर्पोरेट

रेडमी बडस् ३ लाइट नेपालमा

सुन्न मन पर्दो, दाम भर पर्दाे

इकागज |
साउन ११, २०७९ बुधबार १८:४७ बजे

काठमाडौंँ– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी बडस् ३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ। शाओमीको रेडमी बडस् ३ लाइट फोन प्लस एसेसरिज श्रेणीको सबैभन्दा नयाँ उपकरण रहेको कम्पनीले जनाएको छ ।

रेडमी बडस् ३ लाइटमा प्रभावशाली सुविधाहरु साथै किफायती मूल्य, एर्गोनोमिक डिजाइन, १८ घण्टा सम्मको ब्याट्री लाइफ र अन्य धेरै सुविधाहरू छन् जसले प्रयोगकर्ताहरूलाई क्वालिटी साउन्ड प्रदान गर्छ । लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनरल म्यानेजर अमित कुमार पंडाले भने, “रेडमीले निरन्तर नयाँ ट्रेन्डहरू सेट गर्दै स्मार्टफोन र एक्सेसरिजहरुको विस्तृत क्याटेगोरीका साथ औधोगिक बेन्चमार्कहरू पार गरेको छ । त्यसैगरी, हालको ट्रेन्डलाई ध्यानमा राख्दै रेड्मीले नयाँ रेड्मी बडस् ३ लाइट– “बडस् फर फन” लन्च गरेको छ । रेडमीको  बड्स ३ लाइटमा लामो समय सम्म टिकाउ ब्याट्री, हल्का र टच अपरेशनको साथ नोइज क्यान्सलेसन जस्ता थुप्रै विशेषताहरू समावेश छन् ।”


नयाँ लक–इन डिजाइन
रेडमीको बडस् ३ लाईटको तौल ३५ ग्राम भन्दा कम छ। यसको नयाँ लक–इन डिजाइन इयरबडलाई कानमा राम्रो फिट हुनका लागि डबल टायरको सिलिकन ब्यान्डमा उपलब्ध छ । यसमा भएको एर्गोनोमिक डिजाइनले यसलाई प्रयोग गर्न सहज आरामदाइ बनाउँछ जसले रेडमी बडस् ३ लाइटलाई व्यायामको लागि पनि उपयुक्त बनाउँछ ।

बेस्ट बिट अनि राम्रो बेस!
रेडमीको बडस् ३ लाइटमा निरन्तर अडियो गुणस्तर सुनिश्चित गर्न साउन्ड ल्याब द्वारा ट्युन गरिएको ६एमएम को डायनामिक ड्राइभर समावेश गरिएको छ।

ड्रप अफ कल्स अब नो मोर!
राम्रो र स्पष्ट इन–कल अडियो अनुभवको लागि रेडमीको बडस् ३ लाइट ब्लुटुथ ५.२ को साथ निर्मित छ जसले सिमलेस इन–कल अडियो अनुभव प्रदान गर्दछ । टच अपरेसन समर्थन गर्ने यो रेड्मीको बडस् ३ लाइटमा अटो पेयरिङ्गको सुविधा सुनिश्चित छ ।  
राम्रो प्लग र चार्ज
टाइप-सी चार्जर समर्थन गर्ने रेड्मीको बडस् ३ लाइटसँग ५ घण्टाको चार्जमा पाउनुहोस् १८ घण्टा सम्म म्युजिक प्लेब्याक ।
धुलो र पानी प्रतिरोध
जिम होस् वा दैनिक यात्रा आइपी५४* को धुलो र पानी प्रतिरोधी डिजाइन र अविश्वसनीय पर्फमेन्सको साथ रेडमी बडस् ३ लाइटको आनन्द लिनुहोस्।
रेडमी बडस् ३ लाइट कालो रंगमा रु ३,३९९  मा उपलब्ध छ । रेड्मीे बडस् ३ लाइट २७ जुलाई २०२२ देखि देशभरका सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध हुनेछ ।


Author

थप समाचार
x