कर्पोरेट

सानिमा बैंकको भिडिओ केवाइसी सेवा सुरु

इकागज |
साउन १२, २०७९ बिहीबार १३:२६ बजे

काठमाडौँ - सानिमा बैंकले ग्राहकहरूका लागि  भिडिओ केवाइसी (भीकेवाइसी) सेवा सुरु गरेको छ । गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर  भीकेवाइसी गरी आफ्नो खाता सुचारु गर्न सक्नेछन् । ग्राहकहरू आफ्नो खाता सुचारु गर्न बैँकसम्म आउनुपर्ने झन्झटबाट मुक्त भएका छन् ।

भीकेवाइसी सुविधा मार्फत् ग्राहकहरूले सानिमा बैंकको कर्मचारीसँग प्रत्यक्ष रुपमा कुराकानी गरी खाता खोल्दा गर्नुपर्ने अनिवार्य कार्यहरु जस्तै कागजात प्रमाणीकरण, हस्ताक्षर प्रमाणीकरण आदि सरल तरिकाले गर्न सक्नेछन् ।


ग्राहकहरुले अनलाइन खाता खोल्दा  भीकेवाइसी विकल्प रोजी कर्मचारीसँग प्रत्यक्ष रुपमा कुराकानी गर्न चाहेको मिति र समय तय गर्नुपर्ने हुन्छ । प्रमाणीकरण स्वीकृत भएको वा नभएको जानकारी ग्राहकलाई इमेल वा फोन कल मार्फत् गरिनेछ ।  भीकेवाइसी प्रमाणीकरण प्रक्रियाको स्वीकृत भएपछि ग्राहकले आफ्नोे खातामा रकम जम्मा गर्न तथा खाताबाट वार्षिक रु. १ करोड सम्म खर्च (डेबिट) गर्न सक्नेछन् । 
सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा ए.टि.एम. सञ्‍चालनमा रहेका छन् । 


Author

थप समाचार
x