कर्पोरेट

हिताची नेपालले बजारमा ४ नयाँ उत्पादन ल्याउँदै

इकागज |
साउन १४, २०७९ शनिबार १४:२८ बजे

काठमाडौंँ- हिताची नेपालले नेपाली बजारमा चार नयाँ उत्पादनहरु ल्याउने घोषणा गरेको छ। आज काठमाडौंँमा एक कार्यक्रमको आयोजना गरी हिताचीले अत्याधुनिक फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ ओभन र भ्याक्युम क्लिनर चाँडै ल्याउन लागेको जानकारी दिएको हो।

रमेश कर्प संस्थाको शाखा युनिभर्सल इलेक्ट्रोकम प्रा. लि. हिताची होम अप्लाइन्सेसको आधिकारीक वितरक हो। कम्पनीका अनुसार चाँडै युनिभर्सल इलेक्ट्रोकमले र माथि उल्लेखित नयाँ उत्पादनहरु नेपालमा विक्री र वितरण गर्ने जनाएको छ।


रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवाल भन्छन्, 'हामी नेपालका हाम्रा सबै ग्राहकका लागि गुणस्तरीय उत्पादन लाइन अप र बिक्रीपछिको सेवा सुनिश्चित गर्न कडाइका साथ काम गर्नेछौँ।'

हिताचीले उसको सम्पूर्ण उत्पादनहरूमा विशिष्ट गुणस्तर कायम राख्ने गर्दछ।  त्यसका कारण  उसका सबै उपकरणहरूको बजारमा ठुलो माग रहेको कम्पनीको दाबी छ ।  नयाँ रिलिजहरू, र अहिलेका विद्यमान उपकरणहरूको साथ, हिताचीले अत्याधुनिक प्रविधि, नवप्रवर्तन, र ग्राहक सेवाद्वारा नेपालको घरेलु उपकरणको बजारमा थप विस्तार गर्ने आफ्नो महत्त्वाकाङ्क्षालाई झन् बलियो बनाएको छ।
रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालका अनुसार हिताची माइक्रोवेभ ओभनका ४ मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ म
सुन, हिताची फ्रेन्च बटम रेफ्रिजिरेटर र हिताची कर्डलेस स्टिक भ्याकुम क्लिनर चाँडै नेपालमा पाइनेछ।


Author

थप समाचार
x