ओप्पोको ‘ए सिरिज’ नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ नेपालमा
काठमाडौँ - ओप्पोले नेपाली बजारमा ‘ए सिरिज’अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ सार्वजनिक भएको घोषणा गरेको छ । उत्कृष्ट विषेशता सहितकव यो फोन आइतवार नेपाली बजारमा भित्रिएको हो।
यस फोनमा यो २डी अल्ट्रा स्लिम बडी डिजाइन, र उच्च सुरक्षामापदण्डहरु सहित उत्पादकता सुविधाहरूले भरिएको छ, जसले गर्दा यसको कार्यक्षमता, उपस्थिति र मनोरञ्जनकाअनुभवहरू अघिल्लो फोनमाभन्दा धेरै छन् ।
“हामी यस्तो युगमा बाँचिरहेका छौँ जहाँहामी सबै जीवनको आनन्द लिन चाहन्छौँ ।” ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनलीले भने “हाम्रा अग्रणी प्रविधिहरुका साथ, ओप्पो सबैको जीवन, सपना र सद्गुणहरुको माग पूरा गर्न प्रतिबद्व छ र हामीले धेरैभन्दा धेरै मानिस र उद्योगहरुलाई लाभ पुर्याउने सामाजिक जिम्मेवारीहरु लिई अगाडी बढी रहेका छौँ । यो ओप्पोको दिगो विकासको भावना हो जसलाई हामीले हरेक दिन आत्मसात गर्छौ ।”
त्यस्तै, हाल अधिकांश प्रयोगकर्ताहरू मोबाइलको ब्याट्रीको आयु र मनोरञ्जन अनुभवको बारेमा चिन्तित छन् । उनीहरुको आवश्यकताअनुसार, ओप्पो ए५७मा५००० एमएएच् ब्याट्री ६.५६ एच्डी + कलर–रिच डिस्प्ले, हाइ – इन्ड प्रोसेसर, भरपर्दो हार्डवेयर र सफ्टवेयरका साथ (आइपीएक्सफोर) वाटर रेसिस्टेन्स र सामान्य किसिमले चलाउँदा हुने स्क्यार्चबाट पनि केही नहुने प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ । डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड-रेन्ज बजेट स्मार्टफोनमा यो एक मात्र स्मार्टफोन हो ।
क्यामेरा
यसमा ५० एमपी प्राइमरी क्यामेरा र २ एमपी डेप्थ सेन्सर र अगाडी, ८ एमपी सेल्फी क्यामेरा रहेका छन् । भिडियोहरूको लागि, यसले पछाडि र अगाडि दुवै क्यामेराबाट १०८० पी माभिडियोहरू खिच्न सक्छ ।
डिस्प्ले
यसमा६० हर्ज रिफ्रेस दरको साथ ६.५६ इन्च एच्डी+आइपी एसप्यानल रहेको छ । स्क्रिनले डिसिआइ-पीथ्री कलर गामटको ९६% कभर गर्दछ । डिस्प्लेमा सेल्फी क्यामेराको लागि वाटरड्रप नोच छ, फोनको माथिल्लो भाग र साईड बेजेल न्युनतम छन् र तलको भागअलि ठूलो छ ।
हार्डवेयर क्वालिटी
ओप्पोए७७मा मिडिया टेक हेलियो जी३५ ४ जीबीर्यामर १२८ जिबी इन्टर्नल स्टोरेजको साथ आएको छ । हेलियो जी३५ अक्टा–कोर (४×२.३ गेगाहर्ज कोर्टेक्स–ए५३ र ४×१.८ गेगाहर्ज कोर्टेक्स–ए५३) सिपीयु र पावर भीआर जीइ ८३२० जिपीयु भएको १२ एनएमचिपसेट हो । साथै, आइपीएक्सफोर द्वारा प्रमाणित वाटर रेसिष्टेन्सका साथ सामान्यतवरबाट चलाउँदास्क्यार्च नहुने र औँलाका डामहरु नबस्ने गरी बनाइएको छ ।
पर्फमेन्स
कलर्सओएस १२.१ ले एन्ड्रोइड १२ मा आधारित सफ्टवेयर पक्षलाई ह्यान्डल गर्छ ।ओप्पो ए७७ ४जी फोनमा ५००० एमएएच ब्याट्री र युएसबी–सी पोर्ट मार्फत ३३ वाट फास्ट चार्जिङलाई सपोर्ट गर्दछ ।
गोपनीयताको संरक्षणः
फोटो वा भिडियोहरू सार्वजनिक गर्दा, ग्राहकको भौगोलिक जानकारी र अन्यफोटो जानकारी (फोटोको नाम, सुटिङ समय, र क्यामेरा मोडेल र प्यारामिटरहरू सहित) हटाउन छनौट समेत यस फोनमा रहेको छ । गोपनीयता ड्यासबोर्डले २४ घण्टामा फोनको क्यामेरा, माइक्रोफोन र स्थान जानकारी सहित ग्राहकको व्यक्तिगत डेटामा कुन–कुनएपहरु प्रयोग गरेको छ भनेर पनि हेर्न सकिन्छ।
कलर रिच र आइ–कम्फर्ट डिस्प्ले
६.५६ ईन्च डिस्प्लेले ९६यु एन्टिएससी कलर गामुट - १००यु डिसिआइ(पीथ्री) लाई कभर गर्दछ । यो फोनमाभएको आँखा कम्फर्ट मोडले, स्क्रिन हेर्न अझ सहज बनाएको छ ।
ठूलो भोल्युम र साउन्ड क्वालिटीमा गुणस्तरीयता
ओप्पो ए७७ओप्पोकोे मूल्य दायरा भित्रको एक मात्रफोन हो जसमा डुअल स्टेरियो स्पिकरहरू छन् जुन सामान्यतया फ्ल्याग शिपमोडलहरूमा मात्र रहेको छ। सुपर भोल्युम मोडमा, डुअल–स्पीकर फोनले सबै आवाजहरू स्पष्ट पार्न सक्छ ।
बजार मूल्य र उपलब्धता
ओप्पो ए७७ मा ४जिबी र्याम+१२८ जिबी रोमसँगै आएको छ । यसले १ टिबी सम्मको एसडीकार्डहरुलाई पनि सपोर्ट गर्छ । यो फोन स्काई ब्लू र सनसेट ओरेन्ज रङहरूमा फाइबर ग्लास–लेदर डिजाइनको साथ उपलब्ध छ । यो फोन ओपोको वेबसाइटमा मूल्य २५ हजार ९ सय ९९. मा खरिदका लागि उपलब्ध छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया