कर्पोरेट

सानिमा बैंकका ग्राहकले नमस्ते पे वालेटमा रकमान्तर गर्न सक्ने

इकागज |
साउन १५, २०७९ आइतबार १८:११ बजे

काठमाडौँ - सानिमा बैंकका ग्राहकहरुले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएको छ । ग्राहकहरुले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ्ग लगइन गरी सजिलै रकम रकमान्तर गर्न सक्नेछन् ।

बैंकले ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग एप मार्फत फन्ड लोड गर्ने प्रणालीको पनि ब्यवस्था चाँडै नै उपलब्ध गराउनेछ । बैंकको मोबाइल बैंकिङ्ग एपबाट नमस्ते पे, इसेवा, खल्ती वालेट गरी तिन वटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ ।


यसैगरी सानिमा बैंकले डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग र नगद रहित कारोबारलाई प्रोत्साहन गर्न यस्तो कार्यहरु गर्दै जानेछ । सानिमा बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटिएम संजालहरु सञ्‍चालनमा रहेका छन् । 
 


Author

थप समाचार
x