आइएमई पे एपको टप–अपमा नयाँ क्यासब्याक अफर थप
काठमाडौँ - आइएमई ग्रुपद्वारा सञ्चालित “आइएमई डिजिटल सोलुसन लिमिटेड”को “आइएमई पे” ले मोबाइल रिचार्जमा नयाँ अफर थप गरिएको छ । डिजिटल भुक्तानी लागि प्रख्यात आइएमई पे एपले दैनिक उपभोग्य सेवाहरुको भुक्तानीको साथै अन्य सम्पूर्ण किसिमको भुक्तानी तथा पैसाको लेनदेन सरल बनाउँदै आएको छ ।
यसै सेवामा थप प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ आइएमई पेले मोबाइल रिचार्जमा थप २% क्यासब्याकको अफर ल्याएको छ । आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टप–अप गर्दा ५% क्यासब्याक पाउने सुविधा थियो । यस अफरको साथ अब सेवाग्राहीहरुले आइएमई पे एपबाट कुनै पनि मोबाइल नम्बरमा टप–अप गर्दा २% क्यासब्याक पनि पाउनेछन।
यस क्यासब्याक अफरलाई अझ रमणीय बनाउन कम्पनीले एक जना भाग्यशाली विजेतालाई यस अभियानको पहिलो महिनामा “वान प्लस टेन प्रो” स्मार्टफोन पनि उपलब्ध गराउने बताएका छन् । सोको निम्ती सेवाग्राहीले महिना भरी कम्तीमा रू. ५० को १० टप–अप गर्नु पर्ने नियम तथा सर्त कम्पनीले प्रष्टाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया