कर्पोरेट

भेस्पा '१०० ग्राहक मनोरञ्जनात्मक राइड' सम्पन्न

इकागज |
चैत २७, २०७७ शुक्रबार १५:१० बजे

काठमाडौँ : भेष्पाको लागि नेपालको आधिकारिक बिक्रेता दुगड ब्रदर्स एण्ड सन्स प्रा लि ले शनिबार भेष्पा शोरुम नक्सालदेखि सिन्धुपाल्चोकको सुकुटे वीच (किनार) सम्म ‘१०० ग्राहक मनोरञ्जनात्मक राइड सम्पन्न (रिक्रियसन राइड)’ आयोजना गरेको थियो ।

राइडमा युवाहरुको आकर्षण देखिएको थियो । ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड सफल भएको कम्पनीकाका उपाध्यक्ष विजय महतोले बताए । ‘ग्राहकबीच अन्तरक्रिया गराउने, भेइकलको परफमेन्स र रिभ्यु गर्ने लक्ष्यसहित राइड आयोजना गरेका हौं,’ उनले भने ।


भेष्पा ब्राण्डलाई थप परिचित गराउन पनि राइड सफल भएको महतो बताउँछन् । राइडमा सहभागी ग्राहकहरुलाई विभिन्न समूहमा विभाजन गरी सुकुटे वीचमा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । राइडमा सहभागी सम्पूर्ण ग्राहकहरु खुसी भएको कम्पनीका मार्केटिङ म्यानेजर करुणा पुडासैनीले जानकारी दिइन् । ‘प्रिमियम प्रडक्टप्रति नेपाली ग्राहकको आकर्षण बढिरहेको छ,’ उनले भने, ‘प्रिमियम प्रडक्ट मन पराउने ग्राहकको पहिलो रोजाई नै भेष्पा हो ।’ 

भेस्पा राइडमा कम्पनीले मनोरन्जनका लागि विभिन्न रिक्रियसनल गेम हरु पनि खेलाएको थियो जसमा थ्री लेग गेम, रोप पुलिङ, क्यारी योर पार्टनर रेस, भलिबल गेम, कम्युनिकेशन ग्याप गेम आयोजना गरिएको थियो । विभिन्न राइडरहरुले कम्पनीको तर्फ़बाट विभिन्न उपहार पनि जितेका थिए ।
 


Author

थप समाचार
x