सनराइज बैंकले सुरु गर्यो नेपाल पे क्यू-आरको सेवा
काठमाडौँ - 'स्मार्ट बनौँ, डिजिटल बैंकिङ्ग गरौं' भन्ने मुल मन्त्रका साथ बैंकिङ्ग सेवाहरुमा डिजिटाइजेसनलाई प्रबर्धन गर्दै आएको सनराइज बैंकले नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपाल पे क्यू-आर लाई आफ्नो मोबाइल बैंकिङ्ग एप्लीकेशन सनराइज स्मार्टमा एकीकृत गरेको छ ।
हिजो बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रम बिच बैंकका नायव महाप्रबन्धक रविन नेपाल तथा नेपाल क्लियरिङ हाउस लि. का प्रमुख कार्यकारी अधिकृत निलेसमान सिं प्रधानले संयुक्त रुपमा यो सेवाको शुभारम्भ गरेका थिए । सनराइज बैंकका ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी नेपाल पे क्यू-आर र्मचेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन् । साथै, सनराइज बैंकमार्फत भुक्तानी सेवा लिएका वा लिन चाहने ब्यवसायी हरुले नेपाल पे क्यू-आर स्ट्यान्डी प्राप्त गर्न पनि सक्नेछन् ।
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले २० हजारभन्दा बढि मर्चेन्ट नेटवर्क (पोश तथा क्यू-आर ), १५९ एटिएम , १३९ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, ९४ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको यस सनराइज बैंक कार्ड पेमेन्ट क्षेत्रमा पनि अग्रणी रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया