सीजी डिजिटल र एलजी सोरुम देशभर विस्तार गर्दै चौधरी ग्रुप
काठमाडौँ- नेपालकै सबैभन्दा ठूलो प्रिमियम मल्टी ब्राण्ड इलेक्ट्रोनिक्स तथा चौधरी ग्रुपको आफ्नै सीजी डिजिटल र एलजी सोरुमहरु देशभरि नै बिस्तार भै रहेको जनाएको छ । यस सीजी डिजिटल तथा एलजी सपिङ सोरुमहरुले सीजी इलेक्ट्रोनिक्स अन्तर्गत रहेका विभिन्न प्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डहरु एलजी सीजी, गोद्रेज, टिसिएल, सेन्साई, केन्ट, पिजन, एलिका, ब्ल्याक प्लस डेकर, बेको, माईडिया, र क्रमटन जस्ता ब्राण्डका १००० भन्दा बढी घरायसी उपकरण विक्रि वितरण गर्दछ ।
कम्पनीको स्वामित्वमा रहेको सबै भन्दा ठूलो प्रिमियम इलेक्ट्रोनिक्स सीजी डिजिटल तथा एलजी सपिङ सोरुमहरुमा हरेक सामान खरिद गर्दा विषेश छुट प्रदान गर्दै आइरहेको छ भने ग्राहक वर्गहरुको सुविधालाई मध्य नजर गर्दै देशभरि फ्रि डेलिभरी उपलब्ध छ । सामान बेचिसकेपछि आफ्टर सेल्स सर्भिस , फ्रि माइक्रो वेभ कुकिङ क्ल्यास माइक्रो वेभ ओभन किने पछि कसरी चलाउने सिकाइन्छ तथा वासिङ मेसिन को पनि फ्रि डेमो अथवा वासिङ मेसिन कसरी चलाउने भन्ने लुगा धोएर नै सिकाइन्छ ।
त्यस्तै गरि डिसवासर कसरी चलाउने भन्ने लाइभ डेमो गरेर नै देखाइने कम्पनीले जनाएको छ । त्यसै गरी ०% किस्ताबन्दीमा सजिलैसँग सामान किन्न सकिन्छ । यस्तै लोयल्टी प्रोग्राम अन्तर्गत हरेक सामानको खरीदमा अझै थप अफरहरु प्राप्त गर्न सकिन्छ । पीएमएसको सुबिधा अन्तर्गत सीजी डिजिटल तथा एलजी सपिङ सोरुमहरुबाट वासिङ मेसिन वा फ्रिज खरिद गर्दा नियमितरुपमा निवारक मर्मतका लागि ग्राहकहरूको ढोका ढोकामा पुगी हाम्रो सेवा टोलीले नियमित रूपमा निःशुल्क सेवा प्रदान गर्दछ जसले गर्दा उपकरणहरु लामो समयसम्म टिक्ने कम्पनीको दाबी छ ।
नेपालको सबैभन्दा ठूलो प्रिमियम मल्टी ब्राण्ड इलेक्ट्रोनिक्स तथा चौधरी ग्रुपको आफ्नै सीजी डिजिटल र एलजी सपिङ सोरुमहरु काठमाण्डौको मुख्य स्थानहरुमा १७ ओटा छन् भने काठमाण्डौ भन्दा बाहिर बिराटनगर, इटहरी, हेटौडा र भरतपुर चितवनमा खुलिसकेको छ ।
सीजी इलेक्ट्रोनिक्सका घरायसी सामानहरूमा ग्राहकहरुले देखाएको विश्वास र चाहनाले गर्दा कम्पनीले नेपालको सबैभन्दा ठूलो प्रिमियम सोरुम सीजी डिजिटल तथा एलजी सपिङ का आउटलेटहरु देश भर विस्तार गर्दै जाने र यो निरन्तर रुपमा आगामी दिनहरुमा पनि बढाउदै लैजाने तथा ग्राहक बर्ग नजिक पुग्ने कम्पनीको लक्ष्य रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया