कर्पोरेट

सानिमा बैंकको शैक्षिक छात्रवृत्ति आवेदन खुला

इकागज |
साउन २४, २०७९ मंगलबार ११:५७ बजे

काठमाडौंँ– सानिमा बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाण्डौ उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुला गरेको हो । 
उक्त छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगद  २ हजार रुपैयाँ (प्रति महिना) गरी प्रत्येक विद्यार्थीलाई ५० हजारसम्मको छात्रवृत्ति प्रदान गरिने भएको छ ।
सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ। 

बैंकले उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि २–२ जना गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई उनीहरुकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । छात्रवृत्ति आवेदन २०७९ भदौ ३१ गतेसम्म दिन सकिनेछ ।



Author

थप समाचार
x