कर्पोरेट

आइएमई जनरल इन्स्योरेन्समा पुनः फर्किए बादे

इकागज |
साउन २४, २०७९ मंगलबार १४:११ बजे

फाइल फोटो

काठमाडौंँ- आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिको मिति २०७९ आषाढ ७ गतेको १२० औं बैठकको निर्णय भए बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ २३ गते देखि लागू हुने गरी दोश्रो कार्यकालको लागि पुनः नियुक्त भएका छन् । 

श्रेष्ठ २७ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् ।  बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागि परेका श्रेष्ठको नेतृत्वमा करिब सात बर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगती हासिल गर्न सफल भएको बताइएको छ । 


श्रेष्ठको दोश्रो कार्यकालको लागि पुनः नियुक्त  भएकोमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकालले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । सपथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

उक्त अवसरमा आफूलाई सदैव सहयोग गर्ने नियमन निकायहरु, बीमा समिति, कम्पनीको संचालक समितिका अध्यक्ष लगायत सञ्‍चालकहरु, सेयरधनी, कम्पनीमा कार्यरत समस्त सहकर्मी एवम् कम्पनीका ग्राहकहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।


Author

थप समाचार
x