कर्पोरेट

कुमारी बैंक र शिरीष होटेलबीच सम्झौता

इकागज |
साउन २६, २०७९ बिहीबार १२:१ बजे

काठमाडौंँ - कुमारी बैंक लिमिटेड र कपुरकोट नगरपालिका-३, सल्यानस्थित होटेल शिरीषबीच छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा कुमारी बैंकका ग्राहकहरुलाई होटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले सहकार्य मार्फत होटलका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो ।


बैंकका डेबिट-क्रेडिट कार्डवाहकहरुले उक्त होटलको सुविधा शुल्कमा १५% सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता पनि जनाएको छ ।


Author

थप समाचार
x