कर्पोरेट

रियलमीले ल्यायो 'रियलमी नार्जो ५०ए प्राइम' नेपालमा, मूल्य मात्र २१,७९९ रुपैयाँमा

इकागज |
साउन २६, २०७९ बिहीबार १३:३५ बजे

काठमाडौँ–  स्मार्टफोन ब्राण्ड रियलमीले नार्जो सिरिजको इन्ट्री लेबलमा स्टाइलिश र अल–अराउन्डर स्मार्टफोन– रियलमी नार्जो ५०ए प्राइम बजारमा ल्याएको छ । युवा लक्षित यस स्मार्ट फोनमा पछिल्लो समय बजारमा आएको प्रविधि प्रयोग गरिएको छ।  अल्ट्रा–स्लीक डिजाइन, शक्तिशाली प्रोसेसर, ५ हजार एम.ए.एच ब्याट्री, र एआई–सक्षम क्यामेरा राखिएको यो स्मार्टफोनमा अरु थुप्रै विशेषताहरु समावेश गरिएको बताइएको छ । 

रियलमी नेपालका हेड, मनिष गिरीले लन्चको बारेमा बोल्दै भने, 'नेपाली बजारमा रियलमी नार्जो सिरिज अन्तर्गत नयाँ रियलमी नार्जो ५०ए प्राइम ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ ।' उनले भने, ‘उक्त स्मार्टफोन हाम्रा प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधिको समग्र अनुभव प्रदान गर्ने अर्को कदम हो । यसमा भएको ६.६ इन्चको एफ.एच.डि डिस्प्ले र ५० एम.पि क्यामेराले प्रयोगकर्ताहरूलाई स्मार्टफोनको सेग्मेन्टमा उत्कृष्ट अनुभव प्रदान गर्दछ ।’ 


रियलमी नार्जो ५०ए प्राइममा समावेश केहि विशेषता

यो नयाँ स्टाइलिश र इन्ट्री–लेभलमा अल–राउन्डर स्मार्टफोन, प्रयोगकर्ताहरूको सबै आवश्यकताहरू ध्यानमा राखी डिजाइन गरिएको हो । यो ८.१ एम.एमको अल्ट्रा स्लिम स्मार्टफोन हो जसको तौल १९२.५ ग्राम रहेको छ । युवा उपभोक्ताहरूलाई मनपर्ने डायनामिक ग्लोइङ डिजाइन जुन टु.डि बाट बनेको नयाँ राइट–एगंल बेजेल डिजाइन हो । 

यसमा समावेश गरिएको ५० एम.पि एम.पि ए आइ ट्रिपल क्यामेराले एन्ट्री–लेभल स्मार्टफोनका प्रयोगकर्ताहरूलाई फ्ल्यागशिप क्यामेराको अनुभव प्रदान गर्दछ ।
यस स्मार्टफोनमा ५०एम.पि प्राइमरी क्यामेरा, सुपर क्लोज फोकस भएको म्याक्रो लेन्स, डिजिटल जुम र उच्च एक्सपोजर सहितको बि एण्ड डब्लु लेन्स  समावेश छ।जसले प्रयोगकर्ताहरूलाई जस्तोसुकै प्रकाशको अवस्था, विशेष गरी मधुरो प्रकाशमा अविश्वसनीय फोटो खिच्न मद्दत गर्छ ।

यसको अगाडिको ८ एम.पि एच.डि.आर क्यामेराले विभिन्न फिल्टरहरू समर्थन गर्नुको साथै क्रिस्टल क्लियर सेल्फीहरू प्रदान गर्दछ । रियलमी नार्जो ५०ए प्राइम शक्तिशाली यूनिसोक टि६१२ द्वारा सञ्चालित छ, जुन स्मार्टफोन सेगमेन्टको उत्कृष्ट प्रोसेसर हो ।

यो एक अक्टा–कोर १२एन.एम  प्रोसेसर हो जसले २.० जिएचजेड सम्मको पावर र करटेक्स ए७५ संरचना समर्थन गदर्छ, जसले स्मार्टफोनमा शक्तिशाली र स्थिर कार्यसम्पादन प्रदान गर्दछ । १६.७ सेमी (६.६”) एफ.एच.डि डिस्प्ले रहेको रियलमी नार्जो ५०ए प्राइम ले प्रयोगकर्ताहरूका लागि बिना कुनै अवरोध इमर्सिभ दृश्य अनुभव प्रधान गर्दछ । यो स्मार्टफोनमा मेगा ५००० एम.एच ब्याट्री जडान गरिएको छ जसले प्रयोगकर्ताहरूलाई नन–स्टप प्रयोगको मजा लिन र स्ट्यान्ड बाइ मोडमा ३९ दिनसम्म ब्याट्री ब्याक अप प्रदान गर्दछ । फिंगरप्रिन्ट सेन्सर भएको यस फोनले प्रयोगकर्ताको निजी जानकारी सुरक्षित राख्न मद्दत गर्दछ ।

हाल बजारमा यस फोनको मूल्य २१ हजार ७ सय ९९ रहेको रयलमी नार्जो ५०ए प्राइम फ्ल्यास ब्लु कलर, ४-१२८ भेरियन्टमा साउन २३ गतेबाट बजारमा उपलब्ध छ।


Author

थप समाचार
x