कर्पोरेट

विपन्न क्यान्सर पीडितलाई आइएमई जनरल इन्स्योरेन्सको २.५ लाख सहयोग

इकागज |
साउन २६, २०७९ बिहीबार १४:५३ बजे

काठमाडौँ- आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्वारा आर्थिक रुपले विपन्न क्यान्सर पिडित बिरामीहरूको उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ।  नेपाल क्यान्सर हस्पिटल ललितपुरले कमजोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरूको निशुल्क रुपमा उपचार गरिरहेको जनाएको छ । सोही क्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख ५० हजार रुपैयाँ नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

उक्त अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत श्री शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई चेक हस्तान्तरण गरेका छन् ।


रेग्मीले अस्पतालबाट आर्थिक रुपले विपन्नहरूलाई क्यान्सर जस्तो घातक रोग लाग्दा निशुल्क रुपमा उपचार गर्ने कार्य गरेकोमा नेपाल क्यान्सर हस्पिटलका सेयरधनी तथा व्यवस्थापन समूहलाई धन्यवाद दिए ।  उनले यस्तो पुण्य कार्यमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट सानो आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । 
 


Author

थप समाचार
x