कर्पोरेट

चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुरू

इकागज |
साउन २६, २०७९ बिहीबार १८:३७ बजे

फाइल तस्वीर

काठमाडौं– चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुरु भएको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइतबार आइएमई पे एप प्रयोग गरी विद्युतीय कर भुक्तानी सेवाको उद्घाटन गरेका छन् । 

यस सेवा मार्फत चन्द्रागिरि नगरवासीहरुले घर–बहाल कर, सम्पत्ति कर तथा व्यवसायिक कर सजिलै अनलाईनमा आइएमई पे मार्फत तिर्न सकिने बताइएको छ। 


उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई डिजिटल सोलुसनका नि. प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराईले स्थानीय तहको सरकारसँग जोडिएर डिजीटाइजेशनलाई प्रवद्र्घन गर्न पाउनु आफू र आफू सम्बद्ध कम्पनीका लागि एक उपलब्धि रहेको विश्वास व्यक्त गर्दै प्रसन्नता प्रकट गरेका छन् । नगरवासीहरुलाई राजस्व कर तिर्न अझै सहज हुने बताउँदै अधिकृत भट्टराइले आगामी दिनमा चन्द्रागिरि नगरपालिकासँगको सहकार्य अझै बढ्दै जाने विश्वास व्यक्त गरेका छन् । 
 

प्रयोगकर्ताहरुले आइएमई पे एपको होम पेजमा रहेको ‘गभरमेन्ट’ मा गएर ‘लोकल गभरमेन्ट’ रोजी ‘चन्द्रागिरि नगरपालिका’ मार्फत आफ्नो कर तिर्न सकिने बताइएको छ ।   
 


Author

थप समाचार
x