कर्पोरेट

'सुपर डान्सर नेपाल'को प्रायोजन तथा इन्टरनेट पार्टनरमा डिशहोम फाइवरनेट

इकागज |
साउन २९, २०७९ आइतबार १७:३२ बजे

काठमाडौँ -  कान्तिपुर टेलिभिजनमा प्रशारण सुरु हुन भएको 'सुपर डान्सर नेपाल' को पावर्डबाई प्रायोजन डिशहोम फाइवरनेटले गरेको छ । साथै इन्टरनेट पार्टनर पनि डिसहोम फाइवरनेट नै रहेको छ ।

“सुपर डान्सर नेपाल” भारतीय रियालिटी शोको फ्रेन्चाइज प्रोडक्ट हो । “सुपर डान्सर” भारतमा समेत अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको बालबालिका र परिवार लक्षित टीभी. रियालिटी सो हो ।


४ देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शो “सुपर डान्सर नेपाल” को निर्णायकमा भुवन केसी, अभिनेत्री जसिता गुरुङ र ख्याती प्राप्त कोरियोग्राफर सुरेन्द्र राई रहने छन् । नेपालभर विभिन्न शहरहरु काठमाडौंँ, पोखरा, इटहरी, हेटौंडा, बुटवल, र नेपालगञ्ज लगायतमा फिजिकल अडिसन सम्पन्न भई सकेको र नेपाल बाहिरका नेपाली भाषी भएको ठाउँहरुको प्रतिभा समेत सहभागी गराउने उदेश्यका साथ डिजिटल अडिसन समेत गरिएको थियो ।

कार्यक्रमको होस्टमा अभिनेता विल्सन विक्रम राई र कविता नेपाली रहने छन् । हरेक हप्ता बिहीबार र शुक्रबार प्रशारण हुने “सुपर डान्सर नेपाल” कान्तिपुर टीभीमा साउन २६ गते राती ९ बजेदेखि प्रसारणमा भैरहेको छ । 


Author

थप समाचार
x