कर्पोरेट

सनराइज बैंकले बनायो चौतारी

इकागज |
साउन २९, २०७९ आइतवार १९:२ बजे

काठमाडौं– सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कामहरु गर्दै आएको सनराइज बैंकले नवलपरासीको सुनवलमा चौतारी निर्माण गरेको छ । चौतारी हालै उद्घाटन गरिएको छ ।

सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालले एक कार्यक्रमबीच चौतारीको उद्घाटन गरेकी हुन् । कार्यक्रममा बैककी पुमसरी गुरुङ्ग, नायब महाप्रबन्धक अपछकुमार यादव र सुनवल वडा नं ३ का अध्यक्ष पविन गुरुङ्गलगायतको उपस्थिति रहेको थियो ।


स्थानीयहरु विश्राम गर्ने, समाजका विभिन्न छलफल, भेला तथा कार्यक्रमहरु हुने उक्त चौतारीको निर्माणले समाजमा अतुलनीय योगदान पुर्‍याएको नगर प्रमुख अर्यालले बताइन् । 

संस्थागत उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु देशका विभिन्न ठाउँहरुमा गरिरहेको र गाउँ ठाउँको भौतिक संरचना निर्माण गरी समाजलाई सहयोग गर्न पाएकोमा बैंकका नायब महाप्रबन्धक यादवले खुसी व्यक्त गरे । 

बैंकले हरेक वर्ष आफ्नो नाफाको एक प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको बताइएको छ ।


Author

थप समाचार
x