कर्पोरेट

दराजले ल्यायो 'दराजमल फेस्ट' योजना, प्रिमियम ब्रान्डमा विेशेष छुट

इकागज |
साउन ३०, २०७९ सोमवार १६:२४ बजे

काठमाडौँ- नेपालको अग्रणी अनलाइन बजार, दराजले आजदेखि दराजमल फेस्ट सुरु गरेको छ । प्रयोगकर्ताले दराज मल मार्फत दराजका ग्राहकहरूलाई अद्वितीय र प्रिमियम सपिङ अनुभव प्रदान गर्ने कुरामा केन्द्रित हुने बताइएको छ । 

अभियानको मुख्य विशेषताहरूमा एड टु कार्ट एण्ड विन, रु सात हजारसम्मको भाउचरहरू, ब्रान्ड अफ द डे, फ्ल्यास सेल, शेक शेक र वाल अफ फेम रहेको  दराजले जानकारी दिएको छ । 


पाँच सयभन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरु चित्रित रहेको दराजमलले प्रामाणिक उत्पादनहरु र १४ दिने फिर्ता नीतिसँग ग्राहकहरुलाई राम्रो किनमेलको अनुभव सुनिश्चितता प्रदान गर्ने विश्वास लिएको छ ।  उक्त फेस्ट ग्राहकका लागि अद्भुत मूल्यहरुमा आफ्नो मनपर्ने प्रीमियम ब्रान्डहरु खरिद गर्नको लागि सुनौलो अवसर भएको बताइएको छ ।  

विगतमा जस्तै ग्राहकहरुले दराजमल फेस्टमा बैंकडेज छुट मार्फत डेबिट र क्रेडिट कार्डबाट प्रि-पेमेन्ट गर्दा थप १५ प्रतिशत(सात सय पचास रुपैयाँ)सम्म छुट पाउन सक्ने कुरा दराज नेपालले जारी गरेकव विज्ञप्तिमा उल्लेख गरेको छ । 

बैंक डेज अफर निम्नानुसार छन् :

  • मंगलबार – ग्लोबल आई एम ई बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत(७५०) सम्मको छुट र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत(५००) सम्म छुट
  • बिहीबार – मेगा बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत छुट र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत(रु ५००) सम्म छुट
  • शुक्रबार – नबिल बैंकबाट डेबिट÷क्रेडिट कार्ड भुक्तानीमा १० प्रतिशत छुट (अधिकतम रु ५००)
  • शनिबार – स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट डेबिट÷क्रेडिट कार्ड भुक्तानीमा १० प्रतिशत छुट (अधिकतम रु ५००)

पहिलो पटक भिसा कार्ड भएका दराज प्रयोगकर्ताहरूले भिसा डेबिट कार्ड÷क्रेडिट कार्डमा १० प्रतिशत (अधिकतम रु. ५००)को अतिरिक्त प्रि–पेमेन्ट छुट प्राप्त गर्नेछन् ।  त्यसैगरी दराजमा किनमेल गर्ने र इसेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशत(अधिकतम रु ३५०)सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यी बाहेक, ब्रान्ड अफ द डे जस्ता अफरहरूले ग्राहकहरूलाई उनीहरूको मनपर्ने ब्रान्डमा थप छुट प्राप्त गर्ने अवसर प्रदान गर्ने बताइएको छ । अभियानको अवधिभर प्रत्येक दिन एउटा चयन गरिएको दराज मल ब्रान्डले आफ्ना उत्पादनहरूमा विशेष छुटको व्यवस्था रहेको छ । 


Author

थप समाचार
x