कर्पोरेट

नेपालमा स्प्राइटको अहिलेसम्मको सबैभन्दा ठूलो प्रोमोसनल क्याम्पेन

इकागज |
साउन ३१, २०७९ मंगलबार १८:४५ बजे

काठमाडौं– स्प्राइटले आफ्नो अहिलेसम्मको सबैभन्दा ठूलो प्रोमोसनल क्याम्पेन स्प्राइटसँग जित्ने मौका ल्याएको छ । 

यस क्याम्पेन अन्तर्गत स्प्राइटले आफ्ना उपभोक्ताहरुलाई हरेक घण्टा सामसङ ए०३एस स्मार्टफोन र हरेक हप्ता ४३ इन्चको सामसङ टेलिभिजन जित्ने मौका प्रदान गरेको छ ।


उक्त योजना स्प्राइटमा मात्र नभएर कोकाकोला र फ्यान्टाको पेट बोतलहरुमा पनि लागू हुने बताइएको छ ।

उपभोक्तासँग आफ्नो सम्बन्ध अझ नजिक बनाउन र उनीहरुलाई रमाइलो र यादगार क्षणहरु प्रदान गर्न कोकाकोला नेपालले उक्त योजना गरेको हो ।  
यो अफरमा सहभागी हुनका लागि उपभोक्ताहरूले बोतलको प्रमोशनल लेबलमा रहेको क्यूआर कोड स्क्यान गरी त्यसको पछाडि भएको सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर प्रदान गर्नुपर्ने बताइएको छ । 

सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर ३४९४९ मा एसएमएस गर्न पनि सकिने छ । अफर स्प्राइट, कोका–कोला र फ्यान्टाको २५० मिलि, ५०० मिलि, १.५ लिटर र २.२५ लिटर पेट बोतलहरुमा नेपालभरी लागू हुने छ । 

साउनबाट शुरु भएको उक्त अफर असोज ९ गतेसम्म लागू हुने बताइएको छ । बजारमा यो अफर लागू नहुने बोतलहरु पनि उपलब्ध छन् । 


Author

थप समाचार
x