कर्पोरेट

सनराइज बैंकले दियो विद्यालयलाई फिल्टर

इकागज |
साउन ३१, २०७९ मंगलबार १९:६ बजे

काठमाडौं– सनराइज बैंकले बुटवल उप–महानगरपालिका ४ को लक्ष्मी माध्यमिक विद्यालयलाई फिल्टर उपलब्ध गराएको छ । बैंकले प्रतिघण्टा एक सय लिटर पानी फिल्टर गर्न सक्ने क्षमताका आर.ओ फिल्टर प्लान्ट जडान गरेको हो ।

विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्था नरहेकाले बैंकले उक्त विद्यालयलाई फिल्टर सहयोग गरेको हो । विद्यालयमा हाल तीन सय विद्यार्थीहरु अध्ययनरत छन् । 


उक्त कार्यक्रममा सनराइज बंैकका नायब महाप्रबन्धक अपछ कुमार यादव, बुटवल उप–महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नरिश्वर पौडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा सल्लाहकार परमानन्द भट्टराई, विद्यालयकी प्रधानाध्यापक शान्ति शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम ढकालको उपस्थिति रहेको थियो ।

सामाजिक कार्यले विद्यार्थीहरुलाई विद्यालयमा शुद्ध पिउने पानी पिउन र स्वस्थ रुपमा पठनपाठन गर्न मद्दत पुर्‍याउने विद्यालयकी प्रधनाध्यापक शर्माले बताएकी छन् ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा सहयोग गरिएको र आगामी दिनमा पनि सहयोग गदै जाने बताएको छ ।


Author

थप समाचार
x