कर्पोरेट

एलजी वासिङ मेसिनको टीभीसी सार्वजनिक

इकागज |
भदौ २, २०७९ बिहिवार ११:३६ बजे

काठमाडौँ-  इलेक्ट्रोनिक्स ब्रान्ड एलजीले वाशिंग मसिनको नयाँ टिभिस सार्वजनिक गरेको छ। एलजीले वाशिंग मसिनको नयाँ टीभी विज्ञापन एलजीको अधिकारिक सामाजिक सञ्‍जालको माध्यमबाट सार्वजनिक गरेको हो । 

यस विज्ञापनमा नेपालको प्रख्यात कलाकारहरूलाई प्रयोग गरि एक पारिवारिक सम्बन्ध र भावनालाई प्रस्तुत गरेको छ । यस विज्ञापनमा मुख्य आमा छोराको सम्बन्ध , माया देखाउनुका साथै कसरी एउटा वाशिंग मसिनले परिवारमा खुसियाली लाउनुका साथै छोरा ले आमा प्रति माया र हेरचाह गर्नुपर्ने देखाइएको छ। यो विज्ञापन नेपाली परिवार र मौलिकतामा स्थित रही एकदमै भावनात्मक रुपले प्रस्तुत गरिएको छ ।  यस विज्ञापनमा सम्पूर्ण ग्राहकवर्गहरू लाई हुने र सम्पूर्ण ग्राहकहरूले मन पराई दिने भनि कम्पनीले बिश्वास राखेको छ ।  


यस वासिङ मेसिनमा एआई डिडी जस्ता लेटेस्ट प्रविधि रहेको छ, जसले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता जस्ता विशेषताहरू पत्ता लगाउँछ, र कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८% ले जोगाउँछ । यस वासिङ मेसिनमा स्टिम प्लस प्रविधि रहेको छ जसले कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९.९% किटाणु नष्ट गर्छ र हाइजेनिक वास दिनुका साथै ३० प्रतिशत कपडाहरूलाई खुम्चिन बाट बचाउने कम्पनीको दाबी छ । 
टर्वो वास ३६० डिग्री रहेको यस मेसिनले उच्च र कम गति आवश्यकता अनुसार पानीका फोहोरा फाल्छ र ३९ मिनेटमा वास साइकल पुरा गर्दछ जसले विजुली र समयको बचत गर्छ, साथै यस वासिङ मेसिनमा १० वर्षको वारेन्टी रहेको छ ।

 


Author

थप समाचार
x