कर्पोरेट

वैशाख ४ गते दोस्रो गुडविल मार्केट

इकागज |
चैत ३०, २०७७ सोमबार १४:९ बजे

काठमाडौँ :  विदेशी उत्पादनले नेपाली बजार ओगटीरहेको हालको अवस्थामा नेपाली उत्पादनलाई प्राथमिकता दिने उद्धेश्य सहित ललितपुरको कनिबहानस्थित होटल गुडविलले दोस्रो गुडविल मार्केट आयोजना हुने भएको छ । नयाँ वर्ष २०७८ को प्रारम्भबाटै स्वदेशी उत्पादनको प्रयोग बढाई उत्पादकलाई प्रोत्साहन गर्न होटल गुडविलले यहि आउँदो वैशाख ४ गते शनिबारका दिन दोस्रो गुडविल मार्केट आयोजना गर्न लागेको हो ।

म्हसिका एजुकेशन एण्ड इन्टरटेन्मेन्टको सहकार्य रहेको कार्यक्रममा नेपाल हस्तकला महासंघ, ललितपुर उद्योग वाणिज्य संघ र ललितपुर हस्तकला महासंघको सहयोग रहने बताइएको छ । विभिन्न स्थानीय उत्पादन तथा खानाका स्टल रहने उक्त बजारमा बुद्धिष्ट आर्ट ग्यालरीको चित्रकला प्रदर्शनी पनि रहने छ । यसका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि दोस्रो गुडविल मार्केट कार्यक्रममा रहने आयोजकले बताएको छ ।



Author

थप समाचार
x