कर्पोरेट

गल्याङमा नेपाल टेलिकमको एफटिटिएच सेवा

इकागज |
भदौ ७, २०७९ मंगलबार १३:३५ बजे

काठमाडौँ- नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन सफल भएको जनाएको छ। यसबाट करादीबजारमा एफटिटिएच सेवा सुचारु भएको छ । जसले गर्दा अब करादीबजारका उपभोक्ताले एउटै तारबाट इन्टरनेट, टेलिफोन, टेलिभिजन तथा मोबाइल डाटा प्रयोग गर्न सक्नेछन् । 

पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन हुँदा आफूले इच्छाएको इन्टरनेट स्पिड सहजै प्राप्त गर्नुका साथै प्रविधिमैत्री समाज निर्माणमा सहयोग पुगेको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताए । उनका अनुसार नेपाल टेलिकमले ग्रामीण भेगको दुरदराजदेखि सहरसम्मकै सेवामा कुनै गुनासो नआउने गरि उपभोक्तालाई प्रविधिसँग नजिक बनाउने योजना लिएको बताए ।


गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराइले नेपाल टेलिकमले प्रदान गरेको सेवाले नगरवासी सन्तुष्ट रहेको जानकारी दिँदै एफटिटिएच पूर्ण माइग्रेसनले सहरी सौन्दर्यतामा समेत सहयोग पुग्ने बताए । त्यसैगरि नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका प्रमुख रवि मानन्धरले एफटिटिएच सेवाको क्रमिक विस्तारले आम उपभोक्ताको जनजीवन विकसित बन्दै गएको बताउँदै अन्य प्राइभेट अपरेटरले विस्तारको गरेको सेवासँग नेपाल टेलिकमको सेवालाई तुलना गर्न नहुने बताए । 


Author

थप समाचार
x