सिटी एक्सप्रेस मनी ट्रान्सफरका विजेतालाई कार हस्तान्तरण
काठमाडौँ - सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल रं साउदी अरब स्थित टेलिमनी बैंकको संयुक्त आयोजनामा 'नेपाल पैसा पठाउनुहोस् र पुरस्कार जित्नुहोस्' अफर उपहार योजना नोभेम्बर १, २०२१ देखि ६ महिनाको लागि सन्चालन भएको योजनाको विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।
सो उपहार योजना अन्तर्गत साउदीको टेलिमनी बैंक मार्फत नेपालमा सिटी एक्सप्रेसमा रेमिट्यान्स रकम पठाउँदा १५ जनाले सामसुङ मोबाइल फोन , तीन जनाले १० ग्राम सुन , तीन जनाले ५ हजार नगद साउदी रियाल , तीन जनाले आई फोन १३ प्रो माक्स र बम्परमा एक जनाले निसान सन्नी कार प्राप्त गर्ने घोषणा भएको थियो ।
ती सबै पुरस्कारहरू २ - २ - २ महिना गरी ६ महिनासम्म विद्युतीय लक्की ड्र मार्फत घोषणा गरिएको थियो र अन्तिममा बम्पर उपहारको घोषणा गरिएको हो ।
सोही योजना अनुरुप गत भदौ ३ गते साउदी स्थित टेलिमनी सेन्टरमा आयोजित कार्यक्रमकाबीच बम्पर उपहार (निसान सन्नी) कार विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ ।
राम गोपालपुर , महोत्तरी निवासी हाल साउदीमा कार्यरत ३५ वर्षिय जम्सेद नदापलाई पुरस्कार हस्तान्तरण गरिएको हो । जम्सेद विगत ६ बर्ष देखी साउदीमा काम गर्दै आइरहेका छन् । उक्त पुरस्कार हस्तान्तरण कार्यक्रममा विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । नेपाली राज दूतावासका मिसन उपप्रमुख दिलिप कुमार पौडेल, सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन , बसिम बि मद्दा– टेलिमनी केन्द्र प्रमुख , अब्दुल्ला ए बिन तलाह – सेल्स म्यानेजर , जितेन्द्र थपलिया ( टेलिमनी रेमिटान्स म्यानेजर र अन्य टेलिमनी बैंकका प्रतिनिधीहरुका साथ बम्पर उपहार विजेता जम्सेद नदापलाई कार हस्तान्तरण गरिएको थियो ।
सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया