एभरेष्ट बैंक र फोकसवान पेमेन्ट सोलुसन्स्बीच भुक्तानी सेवा सम्झौता
काठमाडौँ- फोकसवान पेमेन्ट सोलुसन्स प्रा.लि. द्वारा सञ्चालित मोको डिजिटल वालेट र एभरेष्ट बैंक लिमिटेड बीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धि सम्झौता भएको छ । एभरेष्ट बैंकका ग्राहकहरुलाई आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गरी, उक्त कार्डहरुबाट विभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, विधुत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।
यसै गरी बैंकका ग्राहकहरुले मोको मार्फत स्क्यान टू पे माध्यमबाट १५ सय भन्दा बढी मर्चेन्टकोमा भुक्तानी समेत गर्न सक्नेछन् । मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।
स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया