कर्पोरेट

नबिलले ल्यायो 'नबिल ढुक्क मुद्धती खाता'

इकागज |
भदौ ७, २०७९ मंगलबार १९:१५ बजे

काठमाडौँ - नबिल बैंकले आफ्ना ग्राहकवर्गको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदर सहित 'नबिल ढुक्क मुद्धति खाता' बजारमा ल्याएको छ । 'नबिल ढुक्क मुद्दती खाता' अन्तर्गत ग्राहक वर्गले मुद्दतीमा जम्मा गरेको रकम तोकिएको समय पश्चात् दोब्बर देखि दश गुणा सम्म रकम प्राप्त गर्न सक्ने  बैंकले जनाएको छ ।

 यो मुद्दती योजना नेपालमा आर्जित तथा विप्रेषण मार्फत् नेपाल प्राप्त रकममा खोल्न सकिनेछ । नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्दती खातामा ६ वर्ष ३ महिना २३ दिनमा २ गुणा, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ । 


त्यसैगरि विप्रेषण अन्तर्गत खोलिने ढुक्क मुद्दती खातामा ५ वर्ष ९ महिना १५ दिनमा २ गुणा, १३ वर्ष ५ महिना ११ दिनमा ५ गुणा तथा १९ वर्ष २ महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ । यस खाता अन्तर्गत ग्राहकले ३००,००० सम्मको क्रेडिट कार्ड सुबिधा पनि पाउन सक्नेछन् । 


Author

थप समाचार
x