कर्पोरेट

टिसिएलले ल्यायो छुटै-छुटको 'अजम्बरी खुशी' योजना

इकागज |
असोज ५, २०७९ बुधबार १६:२ बजे

काठमाडौँ- ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो दशैं तिहारलाई लक्षित गरेर 'अजम्बरी खुशी' योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले टेलिभिजनको खरिदमा  ४० हजार ४ सय रुपैयाँसम्मको छुट पाउन सक्नेछन् भने कर्भ्ड टेलिभिजनको खरिदमा  १४ हजार ७ सयको छुटका साथै १ थान टीभी स्टिक उपहार पनि पाउन सक्नेछन्।  त्यस्तै वासिङ मेसिन खरिदमा १९ हजार ३ सयसम्मको छुटका साथै ६ केजीको सर्फ एक्सेल वासिङ पाउडर उपहार पनि पाउन सक्नेछन ।


 रेफ्रिजेरेटरको खरिदमा ३५ हजार ७ सय रुपैयाँसम्मको छुट पाउन सक्नेछन। त्यसै गरी एअर कन्डिसनर्सको खरिदमा ३५ हजार ४ सयसम्मको छुटका साथै  ४ हजार बराबरको निःशुल्क एसी जडान सुबिधा पनि पाउन सक्नेछन् । र साथै वाटर डिस्पेन्सरको खरिदमा  ४ हजार ३ सयसम्मको छुट र चेस्ट फ्रिजरको खरिदमा  १४ हजार ७ सय र साउन्ड बारको खरिदमा ६ हजारसम्मको छुट पाउन सक्नेछन्।

​  यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ। नेपाल अधिराज्यभर टिसिएल ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी इओएल रहेको छ । सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, कीर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन। ग्राहकहरुले यो योजना भाद्र ८ गतेदेखि सीमित अवधिका लागि नेपालभरी पाउने कम्पनीले जनाएको छ ।


Author

थप समाचार
x