कर्पोरेट

रियलमीको 'उत्सवको बहार, हरेक दिन उपहार'

इकागज |
असोज ११, २०७९ मंगलबार १२:५८ बजे

काठमाडौँ - सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठको पावन अवसरमा 'उत्सवको बहार हरेक दिन उपहार' योजना ल्याएको छ । यहि असोज १० गतेबाट realmecampaigns.com मा शुरु हुने यो अफरमा उपभोक्ताहरुले स्मार्टफोन, टीभी, वाशिङ मसिन लगायत अन्य थुप्रै आकर्षक उपहारहरु जित्न सक्नेछन् ।

२०२२ को दोश्रो चौमासिकको सर्वेक्षण अनुसार नेपालकै सर्वोत्कृष्ट मध्य तेश्रो स्मार्टफोन ब्रान्ड हुन सफल रियलमीले आफ्ना उत्पादनहरु मार्फत उपभोक्ताहरुलाई नवीनतम प्रविधि प्रदान गर्दै अगाडि बढ्न सफल भएको छ । चाडपर्व लक्षित यस अफरको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, “रियलमी सँधै नवीनतम प्रविधिहरू ल्याउन अग्रसर छ र हाम्रा उपभोक्ताहरुले पनि यसलाई मन पराइरहनुभएको छ ।'


उनले भने 'यो माया र साथको लागि हाम्रा उपभोक्ताहरूलाई हृदयदेखि नै धन्यवाद दिँदै उहाँहरुको लागि पनि हामीले हाम्रो तर्फबाट केही विशेष उपहारहरू दिन गइरहेका छौँ । हामीलाई आशा छ हाम्रो यो सानो प्रयासले उहाँहरुको चाडपर्वको माहोल अझै रमाइलो हुनेछ ।'

यस योजना अन्तर्गत असोज १० गते देखि गते कार्तिक १४ सम्म  हरेक दिन ४ जना, हरेक हप्ता २ जना र बम्परमा ३ जना भाग्यशाली उपभोक्ताहरू छानिने कम्पनीले जनाएको छ । यस योजनामा सहभागि हुनको लागि realmecampaigns.com मा गएर आफ्नो नाम, फोन नम्बर, आफूले खरिद गरेको स्मार्टफोनको आइएमइआइ नम्बर र मोडल नम्बर जस्ता विवरणहरु राखेर दर्ता गर्नुपर्ने हुन्छ ।

यसरी छानिएका विजेताहरु मध्य हरेक हप्ता २ जनाले रियलमी सि ३० स्मार्टफोन जित्न सक्नेछ्न् भने ३ जना बम्पर विजेताले रियलमी ९, वाशिङ मसिन र ६५ इन्चको फोर के टिभी जित्न सक्नेछन् ।

यो अफर असोज १० गते देखि कार्तिक १४ सम्म खरिद गरिएका बजेट इन्टर्टेनर सी सिरीज, गेमिङ–केन्द्रित नार्जो सिरिज, अलराउन्डर नम्बर सिरिज, इनोभेटिभ जिटि सिरीज लगायत सबै रियलमी स्मार्टफोनहरूमामा लागू हुने कम्पनीले जनाएको छ ।


Author

थप समाचार
x