कर्पोरेट

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

इकागज |
असोज १२, २०७९ बुधबार १८:२४ बजे

काठमाडौंँ- नेपालको नम्बर १ स्मार्टफोन र स्मार्ट टीभी ब्रान्ड मी नेपालले शाओमी स्मार्ट एअर फ्रायरसँगै स्मार्ट टीभीको लाइनअप सार्वजनिक गरेको छ। 
स्मार्ट टीभी लाइनअपमा रेडमी स्मार्ट टीभी एक्स सिरिजअन्तर्गत एक्सएल अनुभव प्रदान गर्ने रेडमी स्मार्ट टीभी एक्स ४३ इन्च, रेडमी स्मार्ट टीभी ४३ इन्च फुल एचडी, मी टिभी ५ एक्स ४३ इन्च, शाओमी टीभी एक्स(सिजिल एक ५५ इन्च, मी टीभी ५ए ४३ इन्च र घरमै थिएटरको अनुभव दिने मीको सबैभन्दा ठूलो र सबैभन्दा प्रिमियम स्मार्ट फ्ल्यागसिप टीभी मी क्यूलिड टिभी ७५ इन्च छन्। 

लन्चका बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, ‘मी क्यूलिड टिभी ७५ इन्चले घरमै उत्कृष्ट सिनेमाको अनुभव प्रदान गर्दछ। ठूलो स्क्रिनका साथमा फराकिलो दृश्यहरु प्रदान गर्ने यो टिभी ७५ इन्चको स्क्रिन साइज र क्वान्टम डट टेक्नोलोजीको साथ आउँछ। 
९७ प्रतिशत स्क्रिन(टु(बडी रेसियो, फुल एरे लोकल डिमिङ टेक्नोलोजी, रियालिटी फ्लो १२० एमईएमसीसहितको १२० हर्ट्ज रिफ्रेस रेट प्यानल र ३० डब्ल्यू ६ स्पिकर अडियो सेटअप भएको यो मी टीभी अहिलेसम्मको सबैभन्दा उन्नत र प्रिमियम टीभी हो। 


प्रयोगकर्ताले अब पप आउट हुने आश्चर्यजनक दृश्यहरु र रङहरुका साथ आफ्नो लिभिङ रुमलाई थिएटरमा रुपान्तरण गर्न सक्नेछन्। सुन्दर डिजाइनका साथमा यसले डल्बी भिजन, एचडीआर १० प्लस समर्थनका साथसाथै डल्बी अडियो र उन्नत अनुभवका लागि डीटीएस(एचडीको समर्थन गर्दछ।’
स्मार्ट एअर फ्रायरको लन्चबारे थप्दै उनले भने, ‘उपभोक्ता आफ्नो स्वास्थ्यका बारेमा सचेत भइरहेकाले नेपालमा स्मार्ट एयर फ्रायरको बजार तीव्र रूपमा बढ्दै गएको छ। शाओमीमा हामी हाम्रा उपभोक्ताको आवश्यकता र प्राथमिकताबारे गहिरो अध्यन गर्छौं। त्यसअनुरुप शाओमी स्मार्ट एअर फ्रायर ३।५एल नेपाली बजारमा लन्च गर्न पाउँदा अत्यन्तै खुसी छौँ। 

यस स्मार्ट एयर फ्रायरमा आकर्षक डिजाइन कम्पोनेन्ट र नयाँ प्रविधिहरु एकीकृत गरिएको छ। स्मार्टर लिभिङ पोर्टफोलियोलाई विस्तार गर्ने लक्ष्य लिएका हामी हाम्रो प्रयास सधैँ सबैका लागि नवीनतम उत्पादन प्रदान गर्ने हो र शाओमी स्मार्ट एअर फ्रायर ३।५ एल त्यसैको प्रमाणीकरण हो।’
मी क्यूलिड टिभी ७५ इन्चको मूल्य २ लाख ९९ हजार ९९९ रुपैयाँ र शाओमी स्मार्ट एअर फ्रायरको मूल्य १२ हजार ४९९ रहेको छ। दुवै डिभाइस यही असोज ७ गतेदेखि सबै अधिकृत मी स्टोरमा उपलब्ध छन्।


Author

थप समाचार
x