कर्पोरेट

बीवाइडीले बनायो ३० लाख  ‘न्यू इनर्जी भेहिकल’, विशेष यूनिट फुटवल खेलाडीलाई

इकागज |
मंसिर ९, २०७९ शुक्रवार ०:४० बजे

काठमाडौं  गत हप्ता बीवाइडी 'वियूल्ड योर ड्रीम' कम्पनीले न्यू इनर्जी भेहिकल उत्पादन ३० लाख यूनिट पुरा गरेको छ । चिनियाँ ग्लोवल ब्राण्ड बीवाइडीले आफ्नो हेडक्वाटर सान्जेन चाइनामा ३० लाख यूनिट रोलआउट गरेको खुसियालीमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।

बीवाइडीले न्यू इनर्जी भेहिकलको क्षेत्रमा ३० लाख यूनिट एउटा संकेत मात्र नभएर विश्वकै लागि ठूलो उपलब्धी भएको जनाएको छ । चिनियाँ निर्माताले पहिलो १० लाख यूनिट कार उत्पादन गर्न झण्डै १३ वर्ष लागेको थियो । त्यसपछिको अर्को १० लाख यूनिट एक वर्षमा पुरा गरेको कम्पनीले अन्तिम १० लाख यूनिट उत्पादन र विक्री ६ महिनामा पुरा गरेको हो ।


कम्पनीले पछिल्ला १८ महिनामा २० लाख यूनिट कार उत्पादन गरेर बजारमा पठाएको छ । यसलाई न्यू इनर्जी भेहिकल उत्पादनको क्षेत्रमा निकै चाखपूर्ण तरिकाले हेरिदै आएको छ । यो उत्पादन र विक्री आंकडाबाट न्यू इनर्जी भेहिकल इन्डष्ट्रीको बढोत्तरी कसरी भएको छ र ग्लोबल ग्रिन मोविलीटीमा कस्तो सहयोग पुगेको छ भन्ने प्रस्ट देखाएको छ ।

३० लाख यूनिटक कार उत्पादन र विक्री भएको खुसीयाली मनाउने क्रममा बीवाइडीका चेयरम्यान तथा प्रेसिडेन्ट वाब चुवानफुले आफ्ना सम्पूर्ण ग्राहक, मिडियाकर्मी, उद्योगका पार्टनर, लगानीकर्ता, विक्रेता डिलर र कम्पनीका कर्मचारीलाई विशेष धन्यवाद दिएका थिए ।

उक्त अवसरमा चेयरम्यानले एसियन फुटबल कन्फिडरेसनबाट सन् २०१८ को एसियन महिला फुटबल अफ दी एयरबाट सम्मान भएकी वाब सुवाबलाई आफ्नो ३० लाखौं उत्पादन हस्तान्तरण गरेका थिए । बीवाइडीले आफ्नो ग्लोबल स्ट्राटीजी अनुसार भविष्यमा ग्लोबल अटोमोवाइल बजारमा प्यासेन्जर भेहिकलको विकास र विस्तारमा अझै तिब्रगतीमा अगाडि बढ्ने जनाएको छ । अहिले बीवाइडीले आफ्नो उपलब्धता ६ वटै महादेशको७० देशका ४०० भन्दा बढी सहरहरुमा पुर्याएको छ ।

बीवाइडीको ३० लाख औं उत्पादन एक महत्वपूर्ण माइलस्टोन मात्र नभई विश्व ग्रीन माविलीटीमा कसरी उत्साहका साथ अगाडि बढिरहेको छ भन्ने प्रमाण पनि हो । भविष्यमा बिवाइडीले आफ्नो पार्टनहरुसँगको सहकार्यमा हाइक्वालीटी प्रोडक्टको विकास गर्ने जनाएको छ । बीवाइडीले ग्रीन मोविलीटीको विकासले हाम्रो

पृथ्वीलाई हरित विश्वमा परिणत गर्न सघाउ पुर्‍याउनेमा विश्वास लिएको छ ।


Author

थप समाचार
x