कर्पोरेट

झडपमा घाइते महानगर प्रहरीको नर्भिकमा उपचार

इकागज |
मंसिर १२, २०७९ सोमबार १७:५८ बजे

काठमाडौं - काठमाडौं महानगरपालिकाका दुई दर्जनभन्दा बढी घाइते नगर प्रहरीहरूको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गरिएको छ । 
थापाथलीको सुकुम्बासी बस्तीका घरटहरा भत्काउन गएको महानगरको टोलीमाथि त्यहाँका बासिन्दाले ढुंगामूडा प्रहार गरेका थिए । सुकुम्बासी बस्तीका बासिन्दाको ढुंगामूढा लागेर घाइते भएका महानगरका प्रहरी तथा कर्मचारीहरूको नर्भिकमा उपचार भएको हो । 


झडपमा घाइते भएका नगर प्रहरीहरूलाई इमेरजेन्सी र ठाउँ अपुग भएका कारण त्यसभन्दा अघिल्तिरको खुल्ला क्षेत्रमा समेत राखेर नर्भिकका स्वास्थ्यकर्मीहरूले उपचार गरेका थिए ।  सो क्रममा काठमाडौं महानगरका २६ भन्दा बढी नगर प्रहरी तथा कर्मचारीको उपचार गरिएको अस्पतालले जनाएको छ । उपचारका लागि आएका घाइतेमध्ये केहीको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ ।  


अन्यको शरीरका विभिन्न भागमा चोट लागेको र तिनीहरूको पनि नर्भिकमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।  झडपमा घाइते अन्यको समेत नर्भिकमा उपचार भएको थियो । 


Author

थप समाचार
x