कर्पोरेट

उत्कृष्ट फोटो खिच्ने भिभोको बहुप्रतिक्षित वाई०२ बजारमा

इकागज |
माघ १५, २०७९ आइतबार १५:५९ बजे

काठमाडौं– विश्वव्यापी टेक्नोलोजी ब्रान्ड भिभोले वाई सिरिजमा नयाँ मोडल वाई०२ सार्वजनिक गरेको छ । कस्मिक ग्रे र अर्किड ब्लू दुई आकर्षक रंगमा रहेको मोबाइल फोन सार्वजनिक गरिएको हो ।

यो नयाँ स्मार्टफोनले युवा ग्राहकहरुलाई सुलभ मूल्य दायरामा नवीन तथा सुविधायुक्त विशेषताहरु प्रदान गर्ने विश्वास गरिएको छ । वाई०२ मा दिनभरिका कामहरू सहजै पूरा गर्न लामो समयसम्म चल्ने पाँच हजार एमएएच विशाल ब्याट्री, दुई जीवी र्‍याम र ३२ जीवी रोममा उपलब्ध छ।


वाई०२ सार्वजनिक गरेको अवसरमा भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माईकलले भने, “युवा उपभोक्ताहरूलाई लक्षित गरी वाई सिरिजले बजारमा आफूलाई सबैभन्दा लोकप्रिय स्मार्टफोन सिरिजहरू मध्ये एकको रूपमा स्थापित गरेको छ । वाई सिरिज युवा ग्राहकहरुका लागि लक्षित गरिएको छ जो आफ्नो व्यस्त जीवनशैलीलाई निरन्तरता दिन स्मार्टफोनहरूमा निर्भर पर्छन । यसको विशाल ५०००एमएएच ब्याट्री, २ जीवी + ३२जीवी स्टोरेज लगायतका अद्वितीय क्षमताले वाई०२ लाई ग्राहकहरुको आदर्श साथी बनाउँछ भन्ने हाम्रो विश्वास रहेको छ ।”

वाई०२ मा ८ एमपी रियर क्यामेरा तथा ५ एमपी फ्रन्ट क्यामेरा रहेको छ जसले प्रयोगकर्ताहरुको क्यामेरा अनुभवलाई सुधार गर्दछ । यसमा फेस ब्यूटी र टाइम–ल्याप्स जस्ता सुविधाहरू छन् जसले दिन–प्रतिदिन प्रयोगकर्ताहरुको सुटिंग अनुभवलाई वृृद्धि गर्दछ । र, परिणाम स्वरुप समग्र फोटोग्राफी अनुभवलाई बढाउँदै उनीहरुले आकर्षक तथा उच्च गुणस्तरको फोटोहरु खिच्न सक्छन् ।
 


Author

थप समाचार
x