कर्पोरेट

स्वाद अलैंचीको, मीठास नेपालको : परम्परागत र फ्युजन नेपाली परिकारहरूको रेसिपी बुक बजारमा

इकागज |
माघ १५, २०७९ आइतबार १८:२८ बजे

काठमाडौं । वाह १ अलैंची अभियानले अलैंचीको प्रयोग गरि तयार गरिने परम्परागत र फ्युजन नेपाली रेसिपीहरूसहितको पहिलो रेसिपी बुक सार्वजनिक गरेको छ।

पुस्तकमा मास्टरशेफ सन्तोष शाह र प्रशिक्षार्थी तथा अन्य शेफहरूबाट विशेष रूपमा छानिएका ४० भन्दा बढी रेसिपीहरू समावेश गरिएका छन्।


साथै रेसिपी बुकमा सेकुवा, चिया र खीर जस्ता सदाबहार व्यञ्जनहरूका लागि मसलाहरू तयार गर्ने विधि पनि समावेश गरिएका छन्।

यस पुस्तकमा समावेश गरिएका रेसिपीहरू, वाह १ अलैंची अभियान अन्तर्गत पहिलो चरणमा आयोजना गरिएको प्रशिक्षार्थीहरु बीचको खाना बनाउने प्रतियोगिताबाट संकलन गरिएको हो । सो प्रतियोगितामा अलैंचीलाई मुख्य सामग्रीको रूपमा प्रयोग गरिएको थियो जसमा विराटनगर, सौराहा र काठमाडौंका होटलहरूका प्रोफेसनल शेफ तथा कलिनरी विद्यालयका युवा प्रशिक्षार्थीहरूले उत्साहका साथ सहभागी भएका थिए। प्रत्येक रेसिपीलाई काठमाण्डौंका प्रोफेसनल शेफहरूको टोलीद्वारा सावधानीपूर्वक चयन र परीक्षण गरिएको थियो।

सन् २०२२ जुलाई महिनामा नेपाल अलैंची व्यवसायी महासंघले उद्योग, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोग ९स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसनको सहयोगमा होटल एसोसिएसन नेपालसँगको सहकार्यमा, वाह १ अलैंची अभियान शुभारम्भ गरेको थियो । यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्ता माझ अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्नमा केन्द्रित रहेको छ । साथै, यो अभियानले नेपाली घरपरिवारलाई अलैंचीको फाइदा र स्वादबारे जानकारी गराउने लक्ष्य राखेको छ।

हाल दोस्रो चरणमा रहेको वाह १ अलैंची अभियानले नेपाली बजार र घरघरमा अलैंचीको प्रयोग र उपभोगलाई प्रवर्द्धन गर्नेछ । यो अभियान अलैंचीलाई प्रवर्द्धन गर्न प्रमुख सरोकारवालाहरूसँगको सहकार्यमा केन्द्रित हुनेछ र साथै रेसिपी बुकको प्रवर्द्धन गर्न संचारमाध्यम, निजी क्षेत्र र होटल एसोसिएसनसँग पनि काम गर्नेछ।


Author

थप समाचार
x