कर्पोरेट

महालक्ष्मी बैंकले गर्‍यो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

इकागज |
माघ १७, २०७९ मंगलबार १७:१८ बजे

काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रमहरु गरेको छ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले काठमाडौं, चन्द्रौटा र हेटौंडाका यस्ता कार्रक्रम गरेको हो ।

बैंकको हेटौडा शाखाले मानव सेवा आश्रमलाई भवन निर्माणार्थ बीस हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । साहाराविहिन, अशक्त, असहाय, शारिरिक तथा मानसिक रुपमा कमजोर आदिका लागि खाना कपडा र बस्ने व्यवस्था गरी साहारा प्रदान गर्दै आएको मानव सेवा आश्रमलाई भवन निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।


त्यस्तै गरी बैंकको सुकेधारा शाखाले मैजुहिटी वडा नं ७ काठमाडौंमा अवस्थित टोखा जेष्ठ नागरिक समाजलाई टेबुल हस्तान्तरण गरेको छ । नगरपलिकाका वडा नं १ देखि ११ सम्मका जेष्ठ नागरिकलाई पर्नसक्ने कठिन कार्यमा सहयोग पुर्‍याउनका लागि स्थापित यस समाजमा कार्यालय प्रयोजनार्थ बैंकले टेबुल प्रदान गरेको हो ।

बैंकको चन्द्राैटा शाखाले शिवराज नगरपालिका वडा नं ५ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा नर्सरी देखि कक्षा ३ सम्म अध्ययनरत १८६ जना विद्यार्थीहरुलाई स्वीटर हस्तान्तरण गरेको छ । विद्यालय अवस्थित क्षेत्रमा अत्याधिक चिसो बढेकोले विद्यार्थीहरुको स्वास्थ्य र अध्ययनमा पर्नसक्ने प्रभावलाई ध्यानमा राखेर बैंकले स्वीटर प्रदान गरेको हो ।


Author

थप समाचार
x