कर्पोरेट

कर्मचारीको क्षमता वृद्धि गर्न नेशनल लाइफको ‘ब्रान्च मेनेजर कन्फ्रेन्स’

इकागज |
माघ १७, २०७९ मंगलबार १७:४९ बजे

काठमाडौं– कर्मचारीको क्षमता वृद्धि गर्न नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘ब्रान्च मेनेजर कन्फ्रेन्स’को आयोजनाा गरेको छ ।

“इण्टिलेक्चुअल ग्रोथ” नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ३ दिने “ब्रान्च मेनेजर कन्फ्रेन्सको आयोजना गरेको हो । कन्फ्रेन्स नगरकोटस्थित होटल मिस्टिक माउण्टेनमा भएको थियो ।


कार्यक्रममा जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरिएको थियो । चालु आ.व.को बाँकी अवधिको व्यवसायिक खाका कोर्ने उद्धेश्यले सम्मेलन आयोजना गरिएको कम्पनीले 

सम्मेलनमा विभागीय प्रमुख तथा देशैभरबाट शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरु गरी १५० भन्दा बढीको सहभागिता थियो । 

सम्मेलनको समुद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै गइरहेको स्थितिमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासिल गरी बीमा बजारमा अग्रस्थानमा पु¥याउन सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्दै अधिकतम प्रयास गर्नु पर्ने सुझाव दिएका थिए ।

यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदीले बीमा ऐन २०७९ ले व्यवस्था गरेका बिषयहरुमा प्रस्तुति दिँदै नयाँ बीमा ऐन २०७९ जारी भएपछि प्राधिकरणले बीमासँग सम्बन्धित हरेक विषयलाई कानुनी रुपमा नै नियमन गर्न सक्ने फराकिलो दायरा तय भएको बारेमा जानकारी गराएका थिए।

उपस्थित शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरुलाई कम्पनीका सहायक महाप्रवन्धक प्रज्वल सायमीले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने विभागीय काम कारवाहीमा शाखा कार्यालयको भूमिकाका बारेमा प्रस्तुति दिए । यसैगरी अन्तर्राष्ट्रिय प्रशिक्षक तरुण ओझाले व्यवसायिक दक्षता अभिवृद्धि गराउने उद्धेश्यले व्यक्तित्व विकास सम्वन्धमा र प्रोडक्ट मिक्सिङका प्राविधिक पक्षहरुको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।
 


Author

थप समाचार
x