कर्पोरेट

मेटलाइफले ल्यायो मध्यावधि लाभ वृद्धिसहितको नयाँ बीमा योजना

इकागज |
माघ १८, २०७९ बुधबार १६:२० बजे

काठमाडौं– मेटलाइफ बीमा कम्पनीले आज नेपालमा मध्यावधि बृद्धि बीमा योजना ल्याएको छ । मेटलाइफले आफ्ना ग्राहकहरूका लागि मध्यावधि लाभहरूसहितको नयाँ एन्टिसिपेटेट एन्डोमेन्ट जीवन बीमा योजना ल्याएको हो । 

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ, एशिया वितरण प्रमुख यंग हो हान र एशिया एजेन्सीका प्रमुख मारवान माटरको उपस्थितिमा काठमाडौंमा एक औपचारिक कार्यक्रममा नयाँ योजना सार्वजनिक गरे ।


यस योजना अन्तर्गत, बीमितले बीमालेखको मध्यावधिमा पुगेपछि बीमाङ्क रकमको ४०% रकम प्राप्त गर्नेछन्, अर्थात् उनीहरूले आग्रिम रुपमा एन्डोमेन्ट लाभ रकम प्राप्त गर्न पाउनेछन् र यसै अवधिमा बीमितको मृत्यु भएको अवस्थामा बीमाङ्क रकम बराबर १००% रकम इच्छाइएको व्यक्तिले प्राप्त गर्दछन् । यस योजनाको मध्यावधि पछि बीमितको मृत्यु भएको अवस्थामा इच्छाइएको व्यक्तिले बीमाङ्क रकमको दोब्बर रकम प्राप्त गर्नेछन् ।

यस योजनाको न्यूनतम बीमाङ्क रकम दुई लाख पचास हजार र अधिकतम बीमाङ्क पाँच करोड रहेको छ ।

बीमितहरूले आफ्नो आवश्यकताहरूको आधारमा वार्षिक, अर्ध–वार्षिक, र त्रैमासिक रूपमा बीमाशुल्क तिर्न सक्ने मेटलाइफले जनाएको छ । 
 


Author

थप समाचार
x