कर्पोरेट

साओमीका उत्पादनहरू शून्य प्रतिशत इएमआइमा

इकागज |
माघ १८, २०७९ बुधबार १६:३८ बजे

काठमाडौं– ग्लोबल टेक्नोलोजी लिडर साओमीले आफ्नो उत्पादनहरू शून्य प्रतिशत इएमआइमा प्रदान गर्ने भएको छ । कम्पनीले नबिल बैंक सँगको सहकार्यमा आफ्ना साओमी, पोको र रेडमीका स्मार्टफोन, टिभिलगायत ल्याप्टपमा इएमआइ सुविधा दिने भएको हो ।

साओमीले नेपालमा पहिलोपल्ट यस्तो शून्य प्रतिशत इएमआइको सुविधा ल्याएको हो । ‘देशलाई अझै डिजिटल्ली कनेक्ट गर्ने उद्धेश्यसहित, बिना कुनै आर्थिक झन्झट बिना लेटेस्ट साओमी, पोको र रेडमी उत्पादनहरु प्रयोग गर्ने उपभोक्ताहरुको चाहनालाई सम्बोधन गर्नको लागि हामीले यो अफर ल्याएका हौँ,’ अफर लन्चको बारेमा बोल्दै साओमीका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पन्डाले भने, ‘यो अफरसँगै बढीभन्दा बढी उपभोक्ताहरुले सहज र सरल तरिकाले हाम्रो उत्पादनहरु प्रयोग गर्न पाउनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ।’


यो अफर नबिल बैंकको क्रेडिट कार्डमार्फत खरिद गर्दा ६ महिनासम्मको लागि लागु हुनेछ । त्यस्तै नयाँँ क्रेडिट कार्ड प्रयोगकर्ताहरुको लागि पहिलो वर्षको वार्षिक शुल्क पनि मिनाहा गरिएको छ ।


Author

थप समाचार
x